










असनेपालन्युज ,सिड्नी । माटोको तातो र चिसोपन खाली पैताला हिंड्नेले मात्र अनुभुत गर्न सक्छ । छुवाछुतको दु:खाई पानी र करुवा लाई हैन घांटी हरूलाई नै थाहा हुन्छ । तर अब यो समस्या लाई बुझ पचाएर वा नजानेर अर्को युग सम्म तानेर मानव अपराधको मतियार नबनौं , बरु यो असमानताको हाम्रै समयमा मलामि बनौं भन्ने भावका साथ अष्ट्रेलियाको , सिडनी स्थित सिनियर सिटिजन हलमा अन्तर्रराष्ट्रिय छुवाछूत उन्मूलन दिवस भव्य जम्यो ।
‘ग्लोबल फोरम अगेन्स्ट कास्ट डिस्क्रिमिनेस’नामक संस्थाले आयोजना गरेको सो समारोहमा अनेक रुपमा छुवाछुत उन्मुलनका विचार मन्थन भए पनि चुरो कुरो यो मानव अपराध हो र अब सामाज रुपन्तरण का लागि कुसन्स्कार को मलामि बन्न सबैले प्रतिवद्दता जनाउ भन्ने थियो । छुवाछुतको मुद्दालाई आ-आफ्नो दुनो सोझ्याउने माध्यम बनाउन विभिन्न वक्ताहरूले यो समस्या ‘हाम्रै दलले मात्र समाधान गर्न सक्छ भन्ने आ-आफ्नै नीजि धारणा राखे पनि अन्तत: यो युगले नसुहाउने जघन्य अपराध हो भन्दै उन्मुलनका लागि आ-आफ्नो स्थान बाट पहल गर्ने सकारात्मक सोच पोखे । सबै राजनीतिक दलका प्रतिनिधि देखि सामाजिक कार्यकर्ता र संचारकर्मी , देखि विध्यार्थी र कुटनीतिक निकायका प्रतिनिधी समेत उपस्थित सो विचारसमामा सिडनी विश्वविध्यालयमा दलित सम्बन्धी विषयमा नै विद्यावारिधि गरिरहनु भएका मोम विश्वकर्मा र मक्वारी विश्वविध्यालयमा विध्यावारीधी गरिरहनुभएका मित्र परीयार ले दरिला कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। नेपालका लागि फिजीका साँस्कृतिक राजदुत तथा संचारकर्मी भीमसेन सापकोटाले सुत्राधारको भूमिका निभाउनु भएको सो कार्यक्रममा समानताको अभियानकि सकृय कार्यकर्ता सीता रसाइलीले समारोहको सभापतित्व गर्दै आफ्ना गर्विला स्वरहरूले सामग्र पीडितहरूको प्रतिनिधी आवाज ब्यक्तगर्नु भएको थियो । ।
तर्कको कसिमा जोडदार उभिएका वक्ताहरूको माझ बाट मुख्य तिथिको रुपमा न्यु साउथ वेल्सका महा वाणिज्यदुत दीपक खड्काले एक अर्कालाई दोषि बनाउएर समस्याको वरिपरी घुम्नु भन्दा आ-आफ्नो सांचो प्रतिवद्दताको लागि कसम खाएर उभिनु पर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।
प्रस्तुतीको चरणमा मोम विश्वकर्माले दक्षिण नेपाल र दक्षिण एसियाको छुवाछूत वर्गीय रूपमामा मात्र समाधान गर्न खोजेर समाधान नहुने तर्क गर्दै समाधानका केही सम्भावित मार्गहरू बारे समेत राख्नु भएको थियो। दक्षिण एसियाको जातिय बिभेद र छुवाछुत् बर्गिय समस्या समाधान भएर मात्र अन्त्य नहुने भएकाले जातिय बिभेद हटाउन पहिचानको राजनीतिलाई जोड दिनुपर्ने बताउनु भयो।
यस्तै मक्वारी विश्वविध्यालयमा विध्यावारीधी गरिरहनुभएका मित्र परीयारले छुवाछुत अन्त्य का लागि सबै वर्ग र पक्षले जिम्वेवार का साथ अघि बढ्नु पर्ने बताउंदै विभिन्न देशमा प्रयोग भएका समानताका मोडेल पेश गर्नु भयो । उहांले आदिवासि जन जातिको आन्दोलनमा समेत दलित मुद्दा प्राथमिकताका साथ जोडीनु पर्ने बताउनु भयो ।
सो अवसरमा गैर आवसीय नेपाली संघ कि प्रवक्ता रन्जु वाग्ले , संघिय समाज नेपालका अस्ट्रेलियाका प्रमुख गणेश तमाङग, नेपाल आदीवासि जनजाति सङ्घ का अध्यक्ष चित्र तुम्बाहाम्फे , तमाङ सोसाइटी अस्ट्रेलियाका अध्यक्ष अरुण तमाङग , जनप्रगतिशिल मन्च का तर्फ बाट हिमालाल गैरे , नयाँं शक्ति अस्ट्रेलियाका संयोजक विनोद पौडेल , समुदायका नेपाल तराइ समुदायको तर्फबाट समिम अनवार , प्रतिनिधि भरत नेपाल , एन आरएन ए अध्यक्ष सुरेन्द्र सिग्देल,आयोजकका तफ बाट सीता रसाइली , विध्यार्थी समुदायको तर्फ बाट यु टि एस नेपाली विध्यार्थी समाजको प्रतिनिधित्व गर्दै विजय सापकोटा , नयां शक्ति अस्ट्रेलियाका रेखा न्यौपाने लगायतका वक्ताहरूले जातिय छुवाछुतको आ-आफ्नो भोगाईका पीडा , कारण , उत्पीडनका दु:खाई , र उन्मुक्त्तिका लागि आ-आफ्ना प्रतिवद्दता जाहेर गर्नु भएको थियो ।एनआरएन पूर्वप्रवक्ता मन केसी, एनआरएन ओसियाना संयोजक महेन्द्र लम्साल, समाजसेवी तथा व्यापारी धर्मराज अधिकारी समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।
सम्भवत अस्ट्रेलियाको नेपाली समुदायमा पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रममा सबै जात-जाति , सम्प्रदाय र सस्न्थाका प्रतिनिधि गरी करिव ६० जनाको उपस्थिती रहेको थियो भने रेडियो हिमालले यसलाई प्रत्यक्ष प्रसारण गरेको थियो । शासन सत्ता चलाऊने खेल , धर्मको अपव्याख्या , सामन्ती चिन्तन ,कथित ठुला जातीहरूको र सानो भनेर हेपीएकाहरू विच आपसमा मत मतान्तरण , समाज रुपान्तरणा मा ढिलाई लगायत छुवाछुतको कारण र प्रतिवद्दता , आफैंमा परिवर्तन , मुल नीति मा फेरवदल ,आरक्षन लगायतका तर्क समाधान भन्दै उपस्थित सबैले छुवाछुत अन्त्यको वकालत गरेका थिए ।
For more details please visit our face book p https://www.facebook.co
m/Ausnepalnews-217765638262251/?ref=hl








