काव्यका रङ्गहरूले सजियो टोकियोमा अनेसासको ३५औं श्रिङ्खला

1463537_1094766307222958_27041868743546378_n 1620525_1094766237222965_4833367874349364689_n 12400633_1094766357222953_7999493358580645308_n 12507602_1702401716644507_89823666403901749_n 12510351_1094766317222957_5535150262191806462_n 12522961_1094766253889630_7531823513779125796_n 12523093_1094766273889628_4298637540588807997_n 12524013_1702401696644509_5460746578259013233_n 12552663_1094766287222960_4982302069696172380_n 12565342_1094766340556288_1096291671919195028_n 12565613_1702194826665196_4118107650861897748_nप्रेमिला गौचन , असनेपालन्युज,टोक्यो । जहाँं पुग्दैन रवि त्यहां पुग्दछ कवि भनिएझैं काव्य ले नछुने मन र स्थान विरलै हुन्छ । यसैले जापानका वस्तीहरूमा नेपाली काव्यका स्वरहरू गुन्जीनु अस्वाभाविक हैन । यस्तै स्वाभाविकता भित्र सजियो जापानमा एक साहित्य श्रिंखला । अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानको ३५ौं साहित्य श्रिन्ङ्खला भव्य जम्यो टिकोयो मा । जहाँं देशका दु:खाइ ,प्रावासको पीडा र आफन्त सँगको टाढापन रचानहरूमा बुलन्दित बने ।
‘ हाम्रो लिपी, भाषा, साहित्य, कला संस्कृती ” भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त कार्येक्रममा सा- साना भाईबहिनी को राष्ट्रिय गीत बाट शुभारम्भ गरिएको थियो । कार्यक्रममा देश तथा अभिभावक बाट टाढा हुन परेको तर चाहेर पनि केही गर्न नसकिएको र विदेशीनु परेको बाध्यताहरुको भावना, हाइकु, मुक्तक, कविता वाचन गरिएको थियो ।
प्रियसी तथा घरपरिवारबाट विछोडिनु परेको पिडा का साथै देशमा भुकम्पले तहस नहस भएको त्यसमाथी पनि नाकावन्दिको वज्रपातका भावनाहरु गीत तथा अन्य रचना रोचक ढंगले प्रस्तुत गरिएको थियो ।
अनेसासका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट जापानका लागि नेपाली कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीले ‘ आफु पनि स्नाकतोर अङ्रेजी साहित्य मै अध्ययन गरेको र कुटनैतीक जागिर को शिलशिला मा रुसमा २ वर्ष ४ महिना बसोबास गर्दा म्यक्सिम गोर्के को साहित्य लगायत दर्जनौ कृतिको अध्ययन गर्ने मौका मिलेको बताउदै हाल पेशागत कुटनैतीक किताब लगायत माहात्मा गान्धिको साहित्य कृति को अध्ययन गरिरहेको ” बताउदै साहित्य प्रती को रुची र महत्व बारे प्रकाश पार्नु भएको थियो।
यसै गरी एन आर एन आइ सि सि का सदस्य तथा अनेसासका सल्लाहकार भुषण घिमिरेले आगामी मार्च महिनामा अष्ट्रेलिया मा हुन गैरहेको महिला साहित्य सम्मेलनको लागि १ महिना पहिल्ल्यै भिषा आवेदन को लागि अनुरोध गर्दै उहांले यसले आवास, खाना तथा भ्रमणको व्यवस्थित गर्न सहज हुने प्रस्ट्याउनु भयो ।
तेस्तै अर्का आइ सि सि का सदस्य ओम गुरुङ्ले ‘साहित्य र स्रस्टाहरुबाट आफुले धेरै कुरा सिक्न पाउने र आफु जती व्यस्तता भएता पनि साहित्यिक कार्यक्रममा नियमित सहभागीता हुने विचार व्यक्त गर्नु भएको थियो ।
नव निर्वाचित एन आर एन जापानका अध्यक्ष सुदन थापाले साहित्य स्रस्टाहरु हरुलाई सम्मान गर्ने प्रतिब्वद्दता व्यक्त गरेका थिए भने अनेसासका पुर्व अध्यक्ष तथा सल्लाहाकार बेलु थापाले साहित्य र स्रस्टाहरु स्थापित हुन सकेमा भावीपुस्तालाई जोड्न सकिने विचार व्यक्त गर्नु भएको थियो ।

“चिट्ठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो, तथा फुल फुल्यो वैश फुल्यो यो मन फुलेन ०४३, ०४४ का सदावहार गीतका रचनाकार शंकर प्रेरणाको नयाँ गीति सिडी ‘जीवनको परिवेश’ को सो अवसरमा संयुक्त रुपमा विमोचन गरिएको थियो ।
२ वर्षे कार्यकाल का लागि भर्खरै सम्पन्न भएको कार्यसमितीमा विभिन्न विभागमा विभाजन गरिएको उक्त विभाग अन्तर्गत पुरस्कार वितरण विभाग तथा सिटी एक्स्प्रेसका प्रमुख महेश्वर श्रेष्ठले
स्रस्टाहरुलाई वार्षिक ५० हजार  (५ मन एन) को पुरस्कार प्रदान गर्ने घोषणा गर्नु भएको थियो साथै उहाले नारायण गोपालका सदावहार वियोगान्त गीतले हल नै गुन्जायमान भएको थियो ।
दिप पाठकको सुत्राधार कला मा जमेको सो काव्य माझेरीमा निवर्तमान अध्यक्ष तथा अनेसास केन्द्रिय एसिया प्यासिफिकका उपादक्ष्य प्रकाश पौडेल( माइला ) ले भर्खरै हुन गइरहेको अष्ट्रेलियामा महिला सम्मेलन पश्चात वासिन्टन डिसी ( अमेरिका ) मा रजत जयन्तिमा सहभागी हुनको लागि आमन्त्रण गर्नु भएको थियो !
 २ जना महिला सहित 7 जना  सल्लाहाकार समितीमा चयन गरिएको सो कार्यक्रममा थकाली समाजका सल्लाहाकार शरद कुमार गौचन, वि फर अल का सरोज कुमार खत्री लगायत शुष्मा ओमाता,ग्रिष्मा पौडेल, जीवन अर्याल,सरिता ढकाल , आलोक चालिसे , अरुण पौडेल, रविन शर्मा लगायत दर्जनौ साहित्यिक अनुरागी हरुले आ-आफ्ना रचना दमदार सँग वाचन गर्नु भएको थियो ।
सन् २००३ मा अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान को स्थापना भएको हो । अनेससको स्थापना १९९१ मा अमेरिका स्थित वासिन्टन डि सि साङठनिक रुपममा भएको थियो ।
स्थापनाकाल देखी ३५ वौ साहित्य श्रिन्खला तथा शुभकामना आदानप्रदान कार्यक्रम टोक्यो, शिनोकुबो स्थित साहित्यप्रेमी पुष्कर जङ्ग थापा द्वारा प्रायोजित सोलिमारी सभाहलमा गत आइतवार सम्पन्न भएको हो । ।

सम्बन्धित शिर्षकहरु