महेश्वर शर्मा , असनेपालन्युज ,सीड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स द्वारा आयोजित अग्रज कवि एवम् गितकार नवराज कार्किको एकल कविता वाचन सीड्निमा सम्पन्न भयो। फेब्रुअरी १४ प्रणय दिवस पारेर गरिएको कार्यक्रममा नवराज कार्किले हाँस्य व्यङ्य,प्रेम,देश प्रति समर्पित कविता,मुक्तक र विभिन्न रचना बाट आफ्नो जोडदार प्रस्तुतीग
र्नु भएको थियो। सो अवसरमा उहांलाई अनेसासको तर्फ
बाट सम्मान गरीएको थियो ।प्रणय दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु च्याप्टरद्वारा आयोजित उक्त कार्यक्रममा कवि नवराज कार्कीले केहि प्रेम कविता, केहि हाँस्यव्यङ्ग्य कविता, गजल, गीत र मुक्तक गरी झण्डै दुई दर्जन रचना प्रस्तुत ग
र्नु भएको थियो। करिब डेढ घण्टासम्म चलेको कार्यक्रममा उपस्थित दर्शकहरुले भरपुर साहित्यिक मनोरन्जन लिनुभएको थियो। ‘घुर्ने साथी’, ‘म्वाइ’ जस्ता हाँस्य कविताले हाँसोको तरङ्ग ल्याएको थियो भने ‘एकदिन एक्लै हुँदा’ जस्तो गम्भीर कविताले दर्शकलाई भावुक बनाएको थियो। पालबाट आउनुभएका बरिष्ट कथाकार विश्वम्भर चंचलले स्वागत मन्तव्य प्रस्तुत गर्नुका साथै कवि नवराज कार्कीलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो ,साहित्यकार विश्वम्भर चन्चल भन्नु हुन्छ ‘ अनेसासले अपनाएको सर्जक हरूलाई सम्मान दिने परम्परा नेपाली साहित्यकै लागि एक आयाम बनेको बताउनु भयो ।
सहभागीहरूमा हांसो , रोचकता , उत्साह , कारुणिकता र रोमन्चकता भरीएको सहजै प्रतित हुन्थ्यो । कार्यक्रमको पुरा अवधिभर दर्शक हरूले उत्साहका साथ साथ दिनु कार्यक्रमको सफलता हो ।’-अनेसास अस्ट्रेलिया का पुर्व उपाध्यक्ष तथा साहित्यकार कुमार गिरि असनेपालन्युजलाई बताउनुहुन्छ । कार्यक्रममा फिजीकालागि नेपाली साँकृतिक राजदुत तथा
अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले कवि कार्किको परिचय साथै साहित्य क्षेत्रमा उनले गरेको लगाव र समर्पणको बारेमा प्रकाश पार्नु भएको थियो । हरेक तारहरू जती चम्कन्छन् तिनले त्यती नै ठुलो संसार देख्छन् भन्दै कवि कार्कि को झै हरेक साहित्यकारको परिधि भनेको खुला आकाश हो ‘बताउनु भयो ।
सिड्निमा रहेका कवि,साहित्यकार,अष्ट्रेलियामा रहेका नेपाली समुदायका अगुवाहरु,नेपालबाट आउनुभएका नेपाली अभिभावकहरुको बाक्लो उपस्थित रहेको कार्यक्रम Senior citizen’s Centre 60 princess st Ashbury मा भएको थियो। कवि कार्किले आफ्ना रचनाहरु पाठक तथा दर्शक सामु प्रस्तुत गराउने अवसर जुटाएकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स तथा सबै प्रति धन्यबाद व्यक्त गर्नु भएको थियो। अनेसास न्यू साउथ वेल्सका अध्यक्ष तथा समारोहका सभापति महेन्द्र पौडेलले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिएकोमा सबैप्रति धन्यबाद व्यक्त गर्नु भएको थियो।।कार्यक्रमको संचालन संस्थाका तर्फबाट सुरेन्द्र दवाडीले गर्नु भएको थियो।।कार्यक्रमलाई सफल बनाउन कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरु, समूदाय का अग्रजहरु, लेखक साहित्यकारहरु र स्वयंसेवकहरू सबै मा संस्थाले
हार्दिक आभार व्यक्त गरेको छ ।








