गजल -१ – महेन्द्र पौडेल
थोरै मस्त, थोरै आतूर्, बेसुर छू म थोरै
चढ्यो जोवन् नशा जरूर् बेसुर छू म थोरै
देख्छु नाचे जोडी मैना, परेवा गुँड् मा चढे
छिन् छिन् बज्छ तेसै नुपूर् बेसुर छू म थोरै
जागा हुँदा भर्छ तन्द्रा सुतूँ जाग्छ स्वप्न भै
जादू के के गर्छ निठूर् ! बेसुर छू म थोरै
खोलेर भो नबस् पंख, केवल् इशारा गरी
आ लपेटी उडा मुजुर्, बेसुर छू म थोरै
मोहनी हो या मद्होशी छायो रस तन् भरि
डुबें डुबें लौ नजा दूर्, बेसुर छू म थोरै ||
गजल -२
न सुनाऊ विरह को, भाका पटक् पटक्
काटिनेछन् यहाँ तिम्रा आशा पटक् पटक्
मृत्यु लाई मोक्ष भन्छ, तिम्रै धर्म अनि
हत्या गर्दै ‘हिरो’ बन्छ गुण्डा पटक् पटक्
दुनियाँ को श्रेष्ठ हैन अधम् हो यो मानिस्
बाल हत्या जो छ उस्कै, धन्दा पटक् पटक्
जलाईद्यौ झुत्रा नीति धर्म शास्त्र हरू
देख्ने छैनौ रगत का टाटा पटक् पटक्
फर्क आऊ लौ बचाऊ कसलाई भन्छौ ?
थप्न मात्र लाचारी को गाथा पटक् पटक्
– महेन्द्र पौडेल








