पेरू सेमी फाइनल प्रवेश

Copa America  peruअसार ११ । काठमाडौँ, दक्षिण अमेरीकी कोपा अमेरीका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चिलीको टेमुकोमा रहेको मुन्सिपल जर्मन बेकर रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा बोलेभीयालाई ३–१ गेलले पराजीत गर्दै पेरु सेमिफाइनलमा प्रवेश गरेको हो । पेरुको जितमा ब्राजिलीयन क्लब फेमेङगीनोका स्ट्राइकर पाउलो गुरेरोले ह्याट्रिक गरेका छन् ।

पहिलो हाफमा २–० गोलको अग्रता लिएको पेरुले खेलको दोस्रो हाफमा थप १ गोल गरेको थियो । गुईरेरोले पहलो हाफको २० औ र २३ औ मिनेटमा तथा दोस्रो हाफको ७४ औ मिनेटमा ह्याटिक पुरा गरेका थिए ।

प्रतियोगिताका यसअघि उरुग्वेलाई पराजीत गर्दै आयोजक चिली सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा भोली बिहान अर्जेन्टिना र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ । यसैबिच महिला बिश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा आज जर्मनी र फ्रान्सबिच प्रतिस्पर्धा हुदैछ ।

सम्बन्धित शिर्षकहरु