पुस १५ ।काठमाडौं,आइतबार विहान हराएको एअर एसियाको फ्लाइट क्वीजेड८५०१ विमानमा यात्रारतहरुमध्ये ४० जनाको शव भेटिएको छ ।
आइतबार विहान हराएको थियो ।इन्डोनेसियाली जल सैनिकले एअर एसियाको बेपत्ता बिमानमा यात्रारतहरुमध्ये ४० जनाको शव भेटिएको बताएका छन् ।इन्डोनेसियाबाट सिंगापुरको लागि उडेको ८५०१ को खोजी कार्यमा संलग्न जाभा समुन्द्रबाट उक्त शव निकाल्न सफल भएको हो अधिकारीहरुले बताएका छन ।
समुन्द्रमा भेटिएका लगभग १० वटा पार्टपूर्जालाई संकलन गर्ने क्रममा हराइरहेको विमानमा सवार यात्रुहरुको लास देखिएको हो ।
यद्यपी, उक्त पार्टपूर्जाहरु विमानको नै हो कि होइन भनेर अहिलेसम्म पुष्टि भएको छैन । इन्डोनेसियाको सुरबायाबाट सिंगापुरतर्फ गइरहेको A320-200 एयरबसमा १६२ व्यक्ति सवार थिए । लास बरामद भएपश्चात् यात्रुका आफन्तहरु अंगालो मार्दै रोइरहेको दृश्य त्यहाँका स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । खोजी कार्य तेस्रो दिनमा आइपुग्दासम्म यसको क्षेत्रफललाई वृद्धि गरिएको छ । इन्डोनेसियाको टेलिभिजनले देखाएको प्रत्यक्ष प्रसारणमा पार्टपूर्जासहित तैरिरहेको लास पनि देख्न सकिएको बताएको छ ।








