-भीमसेन सपकोटा ,
असनेपालन्युज ,सिड्नी ।
गाई र मानिस विचको आपसि प्रेम सभ्यताको शुरुवात देखिकै हो । अझ कतिपय स्थानमा गाईलाई माताकै पुजा गरिन्छ । नेपाल तथा भारतमा गाई पुजिछिन्न भन्दा कुनै नौलो विषय बन्दैन तर विकसित देश ,जहाँ गाईका वधशाला हरू प्रसस्त भेटिन्छ ,त्यस्तो देशमा पनि कतिपय मानिसहरू गाईको पूजा नगरि आफुहरू खाना खांदैनन भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यदि तपाइं अस्ट्रेलियाको यो गोकुल फर्म
नामको गौशलामा पुग्नु भयो भने तपाइंले यस्तै द्रिश्य देख्नु हुन्छ । ७५ वटा गाई पालिएका यो गोकुल फार्मका वासिन्दाहरू गाईको पुजन गरेर मात्र आ-फ्नो दिनचर्या अगाडि बढाउंछन। अस्ट्रेलिया न्युजिल्यान्ड , पेरिस , फीजी , नेपाल, भारत लगायत विभिन्न देशका गाइप्रेमि भेटिने यो स्थानमा सबै खाले गाई हरूले विषेश सेवा र सत्कार पाउने गर्छन् । गाईबाट उपलब्ध हुने दूध देखि गउंत सम्मको पदार्थहरू मानव स्वास्थ्यका लागि उपयोगि हुने वैज्ञानिक तथ्यकै आधारमा यो गौशाला खोलिएको अस्ट्रेलियन ग्वाला कालिया बताउंछन । उनी भन्छन् -मानव मस्तिस्कको क्षमता बढाउन गाइको शुद्द दूध जति प्रभावकारि अरु कुनै चीज छैन् । यो गोकुल फार्मका धेरै जसो गाइहरू बधशाला बाट उद्दार गरिएर ल्याइएका छन्। अहिम्सा बादिहरू द्वारा सन्चालन गरिएको
यो गोकुल फार्म मा गाइहरू थपिने क्रम बढ्दो छ। गाइ अरु जनावर भन्दा किन फरक् छ ? कलिया विज्ञान संवत तर्क राख्छन्। नाम बाटै बोलाइने यी गाईहरूका हरेक नाम प्राय : संस्कृत भाषामा राखिएका छन्। ५ लिटर देखि २० लिटर सम्म दूध दिने यी गाईहरू र गाई दुहुन मशिनको सट्टा परम्परा गत रुपमै हात प्रयोग गरिने हुंदा यो स्थान विभिन्न क्षेत्रका पर्यटकहरूको आकर्षण बन्न थालेको छ। मानिसहरू , योग ,ध्यान रिट्रिट,पिकनिक , तिर्थ , भ्रमण तथा अध्यात्मिक प्यास मेटाउन गोकुल फार्म पुग्ने गर्छन्। यस फार्ममा सेवा गर्ने नेपालीहरू पनि उत्तिकै छन् , कोहि अल्पकालिन त कोहि पूर्ण कालिन रुपमा ।
धन आर्जन भन्दा पनि पुण्य र तत्व ज्ञानका लागि
मनिसहरू यहा सेवा रत हुने गरेको उनिहरुको अनुभव छ। अन्तर्राष्ट्रिय कृष्णभावनाम्रित संघ(ISKCON) द्वारा संचालित यस्ता फर्महरू अस्ट्रेलियाका अन्य स्टेट र अन्य देशरूमा समेत भेटिन्छन्। ‘मिट एन्ड लाइभ स्टक ‘अस्ट्रेलियाका अनुसार् अस्ट्रेलियामा ७७ हजार गाई फार्म रहेका छन् भने यी फार्ममा गाईको संख्या कुल २ करोड ८० लाख रहेको छ। दूध तथा मासु को लागि गाइलाई प्रयोग गरिने अस्ट्रेलियामा गाई उद्द्योगले कुल कृषि क्षेत्रको ५७ प्रतिशत हिस्सा ओगटेको छ। गाईलाई मासुको लागि निर्यात गर्ने विश्वकै तेस्रो ठुलो देश अस्ट्रेलियामा गाईलाई माताको रुपमा सेवा सत्कार गर्ने यस्ता गोकुल फार्महरू हरेक वर्ष बढदै छन्। आधुनिक जीवनको तनाव , आतंक र हिँसाजन्य जीवनको उपचारका लागि यस्ता केन्द्रहरू सहायक हुने यहां आइपुग्नेहरू बताउंछन । 








