ढाका टोपि र सारिको लस्कर ! नेपालको झल्को तर नेपाल देखि सात समुद्र पारीको देश । अस्ट्रेलियाको म्यानग्रोभ स्थित सत्यानन्द आश्रम र अस्स्ट्रल स्थित राम कृष्ण मन्दिर नेपा
ली बा आमाहरूको उपस्थितिले नेपालमय बन्यो । सबै विदेशि दर्शकहरूलाई यो नेपालीइ भीड एक आकर्षण र जिज्ञासा बनिरह्यो गएको सप्तान्हमा । क्याम्सि तथा रिभरऊड क्षेत्रका नेपाली बा आमाले अस्ट्रेलिया आएको बखत गरेको एक रमाईलो ती र्थ यात्रा थियो यो ।
सो संस्थाका सचिव गणेश गौतम भन्नुहुन्छ ‘अस्ट्रेलिया जस्तो देशमा आएर पनि यस्तो आश्रम र देवालयको तिर्थ गर्न पाईयो धेरै खुशी छौं । यसो त सो सस्न्थाका अर्का सदस्य सरिता दाहाल भन्नुहुन्छ अस्ट्रेलियामा हिन्दू मन्दिर हुंदैन जस्तो लागेको थियो तर गोरा -गोरीले नै अरू परम्परा छाडेर हाम्रै रीत अनुसार ध्यान योग
गरेन आश्रम खोलेको देख्दा म छक्कै परे । सो भ्रमणको सहयात्री ममता तिवारी भन्नु हुन्छ ‘अस्ट्रेलिया बसाइको यती धेरै लामो समय ब्यतित हुंदा पनि अस्ट्रेलियामा यस्तो ठुलो योग ध्यान , र पुर्वीय दर्शन सन्चालन गर्ने आश्रम त्यो पनि अस्ट्रेलियन हरू बाट सन्चालन गरेको देख्दा बल्ल अस्ट्रेलिया घुमेको अनुभव भईरहेको छ, अझ बा आमाहरूको साथमा गरिएको यो यात्रा जीवनकै अविस्मरणिय रह्यो । बिगतको गोकुल धाममा पटक पटक गरिएको यात्रा पछि यो सत्यनद आश्रम यात्रा को संयोजन आचार्य राजन शर्मा ले गर्नु भएको थियो । 








