असनेपालन्युज ,सिड्नी। चलचित्र वडा नं छ सिड्निमा भव्य रुपमा सम्पन्न भएको छ । पटक -पटक प्रदर्शन गर्दा पनि दर्शकहरूको खचाखच भीड भएको र सिड्निमा यसले नयाँं कीर्तीमान कायम गरेको आयोजक मध्येका एक महेश बाबु असनेपालअन्युजलाई बताउनुहुन्छ ।
हर्ट्स्भिलको सिभिक थिएटर मा
गत शनिवारको प्रदर्शनीमा हाउस फुल भापछि ३५ भन्दा धेरैलाई सिट उपलब्ध गराउन नसक्दा आफुहरू दु:खि बनेको तर समय मिलाएर पुन : प्रदर्शन गरिने आयोजकहरूको भनाई छ । चलचित्र हेर्न सिड्निका अभिभावक ह रूको संख्या उल्लेख्य रहेको जनाईएको छ । यो चलचित्रले नेपाली चलचित्रको बजार अस्ट्रेलियामा थाप फराकीले बन्दै गएको पाईन्छ ।
यो चलचित्रको प्रदर्शनबाट मुनाफाको रकममध्ये ५ प्रतिशत नेपालका भूकम्प पीडितलाई जाने जानकारी आयोजकले अस्नेपाल न्युज समाचारलाई दिएका छन्। यो कमेडी चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सन्दीप क्षेत्री आदि कलाकारले अभिनय गरेका भने उज्वल घिमिरेद्वारा यस चलचित्रलाई निर्देशन गरेका छन् ।









