असोज २३ । काठमाडौं, अमेरिकामा इबोलाको पहिलो संक्रमित थोमस एरिक डन्कनको मृत्यु भएको छ ।
टेक्सास अस्पतालका अधिकारीहरुले ४२ वर्षीय डन्कनको इबोला भाईरस लागेर मृत्यु भएको जनाएको छ ।
डन्कनलाई पैत्रिक देश लाइबेरियामा इबोला भाइसल लागेको थियो । त्यसपछि उनको अमेरिकाको डलासस्थित अस्पतालमा उपचार भइरहेको थियो ।
इबोलाका कारण ३ हजार ८ सय ६५ जनाको मृत्यु भइसकेको छ । धेरै मृत्यु लाइबेरिया, सिएरा लियोन र गिनीमा भएको छ ।
डन्कनको मृत्युमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले धेरै गल्ती गर्ने समय नभएको बताउनु भयो ।
विदेशमन्त्री जोन केरीले सबै देशले यो संक्रमणविरुद्ध लड्न सक्दो प्रयास गर्नु पर्ने बताउनु भयो ।








