टिकाटाला गर्ने क्रम आज पनि जारी

असोज १९ ।काठमाडौ,विजया दशमीका दिनदेखि मान्यजनको हातबाट टिका लगाएर आशिर्वाद लिने कार्य आज सम्म पनि जारी छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको टीकाप्रसाद विजया दशमीका दिनदेखि लगाउने क्रममा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ ।

मान्यजनले टीका लगाई दिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

ठूलाले सानालाई टीका लगाई आशिर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।

सम्बन्धित शिर्षकहरु