आइपीएल अन्तर्गत आज मुम्बई र हैदरावादबीच भिड्ने

काठमाडाैं ।  इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुने भएको छ । आज हुने खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति साढे ८ बजेबाट सुरु हुने छ ।

यसअघि सोमराति भएको खेलमा किंग्स इलेभन पञ्जाव ४ रनले विजयी भएको छ । टस हारेर पहिले ब्याटिगं गरेको पञ्जावले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । १४४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दिल्लीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो ।

सम्बन्धित शिर्षकहरु