कवि उदय निरौलाका कविता

आमा!हुँदैनन् है तिनीहरू एकनास
——————-

आमा !
तपाईंले बगैंचामा
फूल फुलाउनु भयो
गुलाफ,चमेली,जाईजुई
अरु कत्ति कत्ति
अर्किडहरू जातजातका
तर फुलेन् आमा ! सधैंभरी तिनीहरू एकनासका।
तरआमा ! हुर्केनन् तिनीहरू सधैंभरि एकैनासका।

केहि सुनेनन् गित ती फूलहरुले बतास चलिरह्यो
केहि देखेनन् ती फूलहरूले फगत् फुलिरहे ,झरिरहे
घाम कलिलियो, छिपीयो, र बुढीयो
कति भिजेनन् तिनीहरु पानी बर्सियो र थचियो
शीत तप्कियो, जून छरियो
तर कुनै सुके, कुनै झरे, अनि कुनै फुलीनैरहे
कस्तो? आमा हावा उहि, पानी त्यहि
माटो पनि त्यहि तर किन भएनन् आमा
तिनीहरु एकैनास
कहिल्यै सोचिनौ है तीमिले तिनीहरू एकनास हुँदैनन्
भनेर!
कति!ख्याँउन सक्छ्यौ है तिमी आफ्ना नङ्राहरू
एकैनास बनुन् भनेर!
तर हुँदैनन् तिनीहरू एकनास
है आमा!

ती लडिजाने घरहरू
—————–”
नबनाउनु नि ती डँङ्गुर क्लिष्ट शव्दहरू थुपारेर
बालुवाको घर
घर उभ्याउने बित्तिकै मर्मत गरिहाल्न पनि अलि नसुहाउने
मर्मत गर्ने समयसम्म पर्खन पनि नसक्ने
छिट्टै लडिजाने
उभिएर लड्दा उभिने ठाउँ नै पुरिदिने।

माटो कोमल भएर पनि मजबुत घर बनेर उभिएकै छ
जटिल चट्टान बनेर उभिदिन्छ कोमल माटो पनि सीपसँग
हार्छ कठोर फलाम पनि कलासँग
कमलो कागज र मेटिजाने शिसाकलमको डोब पनि
बन्छ शक्तिशाली अति सरल मनसँग र अक्षरहरूसँग
नउभ्याउनु जटिल ऐनाहरूको घर
जहाँ फुट्छन् पटक पटक सुकिला बिम्ब र प्रतिबिम्बहरू
फेरि कहिल्यै जोड्नै नमिल्ने गरि
फुट्छन् झर्याम झुरूम
उभिएने ठाउँ नै पुन: उभिँदा घाउ पार्नेगरी
भो नउठाँउ अब त्यस्ता
डङ्गुर किलस्ट शब्दहरूको चिहान माथि
उभिसक्दा लड्ने घरहरू
भत्कने घरहरू ।

कवि उदय निरौला

सम्बन्धित शिर्षकहरु