भारतभन्दा नेपाल समृद्ध

Flag-world-indiaकात्तिक २१। काठमाडौं ,सन् २०१५ को विश्व समृद्धि सूचकांकका अनुसार भारतभन्दा नेपाल समृद्ध देखिएको छ । बेलायतको लेगाटम इन्स्टिच्यूटले हालै सार्वजनिक गरेको लेगाटन समृद्धि सूचकमा सेटिएका एक सय ४२ मुलुकमध्ये नेपाल ८९ औ स्थानमा छ, नयाँ पत्रिका दैनिक लेख्छ ।

भारत नेपालभन्दा १० स्थान तल ९९ औ स्थानमा छ । सम्पत्ति र जनकल्याणसम्बन्धी विभिन्न आधारमा समृद्धि सूचक हरेक वर्ष प्रकाशित हुँदै आएको  छ ।

नेपाल अघिल्लो वर्षको भन्दा सात स्थान माथि उक्लँदै ८९ औ स्थान ओगट्न सफल भएको हो । समृद्धि सूचकका अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकापछिकै दोस्रो समृद्ध मुलुक हो । नेपालभन्दा माथि रहेको श्रीलंका ६१ औ स्थानमा छ । भारत ९९ औ, बंगलादेश १०३ औ, पाकिस्तान १३० औ र अफगानिस्तान १४१ औ स्थानमा छ ।

सम्बन्धित शिर्षकहरु