दशैंका लागि काठमाडौँ छोड्नेको संख्या दैनिक करिब एकलाख

असोज ९, काठमाडौँ —आजबाट विधिपत रुपमा दसैँ सुरु भएसँगै उपत्यकाबाट दसैँ मान्नका लागि बाहिरिने यात्रुको सङ्ख्या पनि दैनिक २५ हजारले बढेको छ।

हिजोअस्ति दैनिक ६० हजारको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिने गरेका थिए। आज घटस्थापनादेखि अधिकांश सरकारी तथा निजी विद्यालय पूर्णरूपमा बन्द हुने भएकाले दसैँ मान्न जाने यात्रुको सङ्ख्या २५ हजारले वृद्धि भएसँगै करिब दैनिक ८५ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले बताए।

उनका अनुसार यस वर्षको लागि भदौ २५ गतेबाट टिकट काट्न सुरु गरेको भए पनि कामकाजी मानिस बिदा भएपछि घर जाने भएकाले आजबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

महानिर्देशक दाहालका अनुसार २५ गतेदेखि अहिलेसम्म करिब १३ लाख यात्रु बाहिरी सकेको भए पनि दशमीको दिनसम्ममा थप १२ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुहरूको ओसारपसारका लागि काठमाडौं उपत्यकाबाट दैनिक तीन हजारको सङ्ख्यामा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन्।

यस वर्ष नियमित सुचारु हुनेभन्दा थप ५०० वटा बस ल्याइएको विभागले जानकारी दिएको छ।

यात्रुको सङ्ख्या बढ्न सुरु भएसँगै डिलक्स र एसी सुविधाका बसको टिकट भने सकिसकेको बताइएको छ। रासस

– See more at: http://nagariknews.com/society/nation/story/25391.html#sthash.ba5PubmH.dpuf

सम्बन्धित शिर्षकहरु