सिड्नीमा गीत/गजल गुन्जिंदै

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा ख्यातिप्राप्त गायक/सँगीतकार राज सिग्देलको एकल प्रस्तुति आयोजना हुने भएको छ ।
सिड्नीस्थित साहित्यकार र कलाकार समेतको सहभागिता रहने सो कार्यक्रम भोलि मार्च १० तारिख, आइतबारका दिन आयोजना गरिने भएको हो । “ऊ जितेर गइ या हारेर गइ”, “यो मनको कुरा” जस्ता चर्चित गीतहरूका गायक राज सिग्देलको प्रस्तुतिसँगै दर्शक-श्रोताले स्थानीय कलाकार र साहित्यकारको कला र सिर्जनाको पनि रस्वास्वादन गर्नेछन् । कार्यक्रम ईन्गलबर्न, सिड्नीस्थित “कालापानी नेपाली रेष्टुरेन्ट” मा आयोजना गरिनेछ ।
⁃ असनेपालन्युज सँवाददाता

सम्बन्धित शिर्षकहरु