जंगली च्याउले लियो २ जनाको ज्यान, ३ जना सख्त बिरामी

साउन १२, काठमाडौँ- दैलेखमा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । च्याउकै कारण  एकै परिवारका ३ जना विरामी भएका छन्। च्याउ खाएर मृत्यु हुनेमा डाँडाँपराजुल –१ आरुखर्कका ५ वर्षिया बालिका झरना गाहा र ७ वर्षिय विशाल गाहा रहेको छन्।

मृत्यु हुनेमध्य झरनाको स्थानीय मेडिकलमा उपचारको क्रममा आइतवार मृत्यु भएको हो भने विशालको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा सोमवार विहान मृत्यु भएको आफन्तहरुले जनाएका छन्।  च्याउ खाई विरामी हुनेहरुमा ४० वर्षिय आमा चन्द्रा गाहा, १० वर्षिय भुपेन्द्र गाहा र ११ वर्षिय जिवन गाहा रहेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ।

च्याउ खाएर विरामी भएका उनीहरुलाई स्थानीय मेडिकलमै उपचार गरिएका कारण र ढिलो अस्पताल ल्याइँदा दुई जनाको मृत्यु भएको जनाइएको छ ।  साउन ७ गते साँझ जंगलबाट ल्याइएको च्याउ खाएका गाहा परिवारमा ११ गते सम्म गाँउकै मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि आइतवार दिउँसो मात्र जिल्ला अस्पतालमा ल्याइएको आफन्त प्रेमबहादुर पुनले बताए। सदरमुकाममा बेलैमा नल्याएका कारण गाँउमै बालिकाको मृत्यु भएको हो।

सम्बन्धित शिर्षकहरु