साउन १५ । काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले उपचारका क्रममा अमेरिका बस्दा हलिउड चलचित्र हेरेर मनोरञ्जन लिएको कोइरालाकी भान्जी मृदुला कोइरालाले बताएकी छन् ।
नयाँ पत्रिकासँगको संवादमा मृदुलाले कोइराला फिल्म हेरेर खुब रमाउने भएकाले फिल्म देखाएको बताएकी छन् ।
अमेरिकामा रहँदा नेपाली चलचित्रका डिभिडि त्यति नपाएकाले हलिउड चलचित्र हेरेको बताइन् ।
उनले भनिन्,’उहाँ मिजासिलो स्वभावको हुनुहुन्छ, ख्यालठट्टा गर्न मन पराउने । जिस्किरहनुहुन्थ्यो । उहाँलाई रमाइलो लाग्छ भन्ने थाहा भएकाले टिभिमा फिल्म लगाइदिन्थ्यौ ।
अमेरिकामा नेपाली फिल्मको डिभिडी त्यति पाइँदैन । त्यसैले उता रहँदा उहाँले प्रायः हलिउडका फिल्म हेर्नुभयो । राजनीतिक विषयमा आधारिक फिल्ममा उहाँको विशेष चाख छ ।’
कोइराला आफ्नो उपचारका लागी अमेरिका गएपनि देश र जनता भन्दा आफ्नो स्वास्थ्यको ख्याल नगर्ने मृदुलाले बताइन् ।
बिरामीले पालन गर्नुपर्ने नियम कोइरालाले नमानेको मृदुलाको गुनासो थियो । जहिले पनि कोइरालाले देशको विकास गर्नुपर्छ भनेको र अमेरिकामा रहेका नेपालीलाई पनि स्वदेश र्फकन आग्रह गर्दै नेपालमा बस्ने वातावरण बनाउन आफूले पहल गर्ने बताएको मृदुलाको भनाई छ ।(नयाँ पत्रिकाबाट सभार)








