पोखरा महानगरको दमकल पानी बिनै आगो निभाउन पुगेपछि….

पोखरा । बिरौटा चोकको बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरेका थिए । खबर गरेको केही समय पछि आगो निभाउन दमकल तथा प्रहरीको टोली घटनास्थल पुगेका थिए ।

एकातर्फ बिजुलीको पोलमा आगोले ठुलो रुप लिन थालिसकेको थियो भने अर्को तर्फ स्थानीयहरु आत्तिरहेका थिए । दमकलको प्रतिक्षामा रहेका स्थानीयले दमकल आएपछि सजिलै आगो नियन्त्रणमा लिने आशा गरिरहेका थिए ।

केहीसमय पछि पोखरा महानगरपालिकाको दमकलले आगो निभाउन प्रक्रिया थाल्यो । दमकलबाट पाइप निकाले र आगो निभाउने प्रयास गर्दा पो थाहा भयो दमकलमा पानी नै रहेनछ ।

यस्तो गैरजिम्वेवार कार्यले स्थानीय बासिन्दाहरु एकैछिन अचम्ममा नै परे भने रिस र हाँसोको माहौलमा उनीहरू दोधारमा देखिएका थिए । अन्तत दमकल पानी लिन हिड्यो र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा अायो ।

सम्बन्धित शिर्षकहरु