बनेपा,साउन ९ । एकै परिवारका बावु, आमा, छोरा र छोरीको मृत्यु भएको काभ्रे घटनाका मृतकको सामूहिक अन्त्येष्टि गरिएको छ । महाराजगञ्जमा राखिएका शवहरुको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। कमलाका आफन्तले सम्पतिका कारण पूजाले मानसिक रुपमा दबाब दिएकाले राजाराम सहितका परिवारले नै सामूहिक आत्महत्या गरेकाले कारबाही र जग्गा फिर्ता नभई शव नबुझ्ने अडान राखेका थिए।
यससँगै गत शुक्रबार भएको चार जनाको मृत्युको कारण सम्पति विवाद रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट सम्पतिकै कारण दाहाल परिवारले सामूहिक आत्महत्या गरेको कारण खुलेपछि मृतक राजाराम दाहालकी कान्छी श्रीमती पूजा र जेठी श्रीमती कमलाको नाममा जग्गा नामसारी गरेसँगै दाहाल परिवारको सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ।
२०७३ मसिंर ७ गते सासु हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला(६ को कित्ता नम्वर ३३४ नम्वरको ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएकी कान्छी श्रीमती पूजाले सम्बन्ध विच्छेद भएको ८ महिनापछि सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा ५ रोपनी जग्गा फिर्ता गरेकी हुन।
सम्पत्ति फिर्ता गरिदिए लगत्तै तीन दिनदेखि शिक्षण अस्पताल
सासु हरिमाया दाहालको नाममा रहेको सम्पति २०७३ मसिंर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मसिंर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला भएको थियो।
त्यसको २३ दिन अर्थात २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल १ मा रहेको कित्ता नम्वर ६७९ बाट कित्ता नम्वर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तल्ले घर पुजाले बकसपत्र गरी लिएकी थिईन्। उक्त घरको २५ लाख ऋण भएकाले पुजाले नै सकार्ने सहमति भएको छ।
मृतक राजाराम दाहालको कान्छी श्रीमती र उनको सम्वन्ध विच्छेद भएको घटना थाहा पाएसंगै आईतबार त्रिवि शिक्षण अस्पतालमा राखिएको दाहाल परिवारको शवको पोष्टमार्टम समेत रोकिएको थियो। ८ महिना अघि २०७३ मंसिर १२ गते जिल्ला अदालत काभ्रेमा अंश लिएर समन्ध विच्छेद गरेको रहस्य खुलेसंगै घटना झन रहस्यमय बन्दै गएको थियो।
टुकुचा नाला ढुडामुखका वर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रीमतीवर्ष ६० कि हरिमाया दाहाल उनका छोरा वर्ष ३२ का राजाराम दाहाल र उनकी छोरी वर्ष २५ कि रन्जना दाहाल आफैले संचालन गर्दै आएको होटलमा मृत भेटिएका थिए ।
भित्रबाट सटर बन्द गरि ताल्चा लगाइएको सटर मुन्तिर सिसा फुटेको देखेपछि स्थानीयले प्रहरीमा खवर गरेका थिए ।








