अध्यक्ष खनालको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

असार २४ । काठमाडौँ, नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्रमा समूहगत प्रस्तुतिपछि अध्यक्ष खनालले प्रतिनिधिबाट उठेका प्रश्न र सुझावमा जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले अध्यक्ष खनालले प्रतिवेदनमाथि भएका छलफल र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै मुलुकलाई प्रारम्भिक पुँजीवादको अवस्थाबाट समाजवादतर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । अध्यक्ष खनालले गुटबन्दीका कारण पाँच प्रतिशत मनोनयन हुन नसकेको र आयोजनाका क्रममा केही कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष खनालले पार्टीअध्यक्ष खनालको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित असार २४ । काठमाडौँ, नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष झलनाथ खनालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । आजको बन्दसत्रमा समूहगत प्रस्तुतिपछि अध्यक्ष खनालले प्रतिनिधिबाट उठेका प्रश्न र सुझावमा जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीले अध्यक्ष खनालले प्रतिवेदनमाथि भएका छलफल र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै मुलुकलाई प्रारम्भिक पुँजीवादको अवस्थाबाट समाजवादतर्फ उन्मुख गराउनुपर्ने बताउनुभयो । अध्यक्ष खनालले गुटबन्दीका कारण पाँच प्रतिशत मनोनयन हुन नसकेको र आयोजनाका क्रममा केही कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष खनालले पार्टीमा नेता मात्रै हाबी भए भन्ने गुनासोका सम्बन्धमा केही हदसम्म त्यस्तो भए पनि अब पोलिटब्युरो र केन्द्रीय कमिटीको भूमिका बढाएर संस्थागत निर्णयको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक सिद्धान्तका रुपमा माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई सँगसँगै जोडेर बुझ्न आग्रह गर्नुभयो । उहाँले अहिले पनि पुँजीपति र मजदुर वर्गबीचको सङ्घर्ष कायम रहेको तर सामन्तवादको भने अवशेष मात्र बाँकी रहेको स्पष्ट पार्नुभयो । सहमतिको प्रयास गरौं । अध्यक्ष खनालले सहमतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने आफ्नो धारणा कायमै रहेको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो,”पार्टीमा सिपी मैनालीपछि म भएँ, मपछि मदन भण्डारी, भण्डारीपछि माधव नेपाल, नेपालपछि म भएँ, अब को हुने तपाईंहरु नै निर्णय गर्नुस् ।” जनाउनुभएको नेता ज्ञवालीले जानकारी दिनुभयो । मा नेता मात्रै हाबी भए भन्ने गुनासोका सम्बन्धमा केही हदसम्म त्यस्तो भए पनि अब पोलिटब्युरो र केन्द्रीय कमिटीको भूमिका बढाएर संस्थागत निर्णयको दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक सिद्धान्तका रुपमा माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादलाई सँगसँगै जोडेर बुझ्न आग्रह गर्नुभयो । उहाँले अहिले पनि पुँजीपति र मजदुर वर्गबीचको सङ्घर्ष कायम रहेको तर सामन्तवादको भने अवशेष मात्र बाँकी रहेको स्पष्ट पार्नुभयो । सहमतिको प्रयास गरौं । अध्यक्ष खनालले सहमतिमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने आफ्नो धारणा कायमै रहेको दोहोर्याउनुभयो । उहाँले भन्नुभयो,”पार्टीमा सिपी मैनालीपछि म भएँ, मपछि मदन भण्डारी, भण्डारीपछि माधव नेपाल, नेपालपछि म भएँ, अब को हुने तपाईंहरु नै निर्णय गर्नुस् ।” जनाउनुभएको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु