शक्तिशाली तुफानबाट फिलिपिन्समा ५४ जनाको मृत्यु

साउन ३ ।काठमाडौ, चीनको दक्षिणी भागमा शक्तिशाली तुफान आएको छ । ४० वर्षमा आएको बलियो तुफानले जनजीवन प्रभावित बनाएको छ ।

तुफानले छिमेकी मुलुक फिलिपिन्सलाई पनि प्रभावित बनाएको छ । तुफानका कारण फिलिपिन्समा ५४ व्यक्तिको मृत्यु भइसकेको छ ।

चीनको राष्ट्रिय जलवायुविज्ञान केन्द्रले बृहत् तुफान रामासुन मध्यान्हपछि हाइनान द्वीपमा प्रवेश गरेको जानकारी दिएको छ ।

यस तुफानको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यस तुफानले यस क्षेत्रमा व्यापक वर्षा गराउने अनुमान गरिएको छ ।

यस क्षेत्रमा सन् १९७३ पछि आएको यो नै सबैभन्दा ठूलो तुफान भएको बताइएको छ ।

फिलिपिन्सको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मनिलालाई तुफानले प्रभावित बनाएको छ ।

सम्बन्धित शिर्षकहरु