असार ९ ।काठमाडौँ, संविधानसभाको उपनिर्वाचनको मत पारीणाम अनुसार काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएको छ ।
उहाले १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएको हो । उहाका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाउनु भयो ।
संविधानसभाको उपनिर्वाचनअन्तर्गत नेपाली कांग्रेसले दुई र नेकपा एमालेले एक सिट ल्याएको छ। कांग्रेसले चितवन क्षेत्र नम्बर ४ र कैलाली क्षेत्र नम्बर ६ मा विजयी भएको छ। चितवन-४ मा नेपाली कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएको छ । उहाले २० हजार ३ सय १८ त ल्याइ विजयी हुनु भयो ।
प्रतिद्वन्द्वी एमालेका दिलकुमारी रावलले १७ हजार २ सय ७२ र एमाओवादीका खुसीराम पाख्रिनले ७ हजार ८ सय ५५ मत ल्याए। संविधान सभा चुनावमा यो क्षेत्रबाट प्रधानमन्त्री सुशील कोइराला विजयी हुनु भएको थियो ।
त्यस्तै कैलाली-६ मा कांग्रेसका पुस्करनाथ ओझा विजयी हुनु भएको छ । उहाले १४ हजार ७ सय ८४ मत ल्याइ विजयी हुनु भएको हो । यस क्षेत्रबाट कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा विजयी भएको थियो ।








