गायीका आकांक्षा बस्यालको नयां गित ‘म पग्लन्छु’ सार्बजनिक भएको छ।

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया
गायीका आकांक्षा बस्यालले आफ्नो स्वरमा रहेको गित ‘म पग्लन्छु’ सार्बजनिक गरेकि छन। साकार २’ मा समाबेस गरिएको सो गितमा दिनेश अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । सो गितको म्युजिक भिडीयो उत्कृष्ट बनेको छ। सो म्युजिक भिडीयोमा प्रिया लामा रचिता क्षेत्री सन्दिप शाही,ज्योत्सना योगी लगायतले अभिनय गरेका छन।अनिल के मानन्धरको छायांकन रहेको सो म्युजिक भिडीयोलाई सागर राजले निर्देशन गरेका हुन ।सो म्युजीक भिडीयोमा बिक्रम सुनारको नृत्य रहेको छ भने यसलाई बिकास ज्ञावालीले सम्पाद गरेका हुन।”तिमी छौ र त” उनको धेरै रुचाईएको गित हो।

बुटवलबाट आफ्नो सांगितीक यात्रा सुरु गरेकी आकांक्षा बस्याल भ्वाईस अफ टिन २०१० जित्न सफल भएकी थिईन। उनको पहिलो एल्बम २०६८ सालमा आएको थियो। उनले गाएका थुप्रै नेपाली गितहरु दर्शकहरुले रुचाएका छन। विभिन्न अवार्ड जित्न सफल गायीका आकांक्षा बस्यालले थुप्रै नेपाली चलचित्रहरुमा पनि गित गाईसकेकि छन।

म्युजिक भिडीयो यसप्रकार छ।

 

 

सम्बन्धित शिर्षकहरु