नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ४८० निको भए, ७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ भने आज सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको निधन भएसँगै अहिलेसम्म निधन हुनेको संख्या १ हजार ९८६ पुगेको छ।

सम्बन्धित शिर्षकहरु