इजिप्टमा ब्रदरहुड पार्टीका १ सय ८३ जनालाई मृत्युदण्डको दिइने

असार ८ । काठमाडौ,इजिप्टको एक अदालतले मुस्लिम ब्रदरहुड पार्टीका १ सय ८३ जना समर्थकलाई मृत्युदण्डको सजायँ दिने आदेशमा पुनर्विचार नहुने भएको छ ।

वकिलका अनुसार सन् २०१३ मा एक प्रहरी चौकीमा हमला गरेको आरोपमा मृत्यु दण्डको सजायँ सुनाइएको हो ।

गत अप्रिल महिनामा एक न्यायाधीशले ६ सय ८३ जनालाई मृत्यु दण्डको सजायँ सुनाएका थिए । जसको विश्वभर आलोचना भएको थियो ।

तीमध्ये केहीको सजायँलाई पुनर्विचार गरिएपनि १ सय ८३ जनाविरुद्धको फैसलामा पुनर्विचार नगरिएको अधिकारीहरुले जनाएका छन् ।

गत वर्षको जुलाईमा राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरी सेनाले राज्यसत्ता हातमा लिएपछि हालसम्म मुस्लिम ब्रदरहुड पार्टीका थुप्रै कार्यकर्तालाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।

सम्बन्धित शिर्षकहरु