श्रीलंकामा नयाँ रनिल विक्रमासिंघे प्रधानमन्त्री बने

एजेन्सी- स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार उनलाई पद तथा गोपनीयताको सपथ गराए । यसअघि चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघेले आफ्नो पाँचौँ कार्यकालमा धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको छ । आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रमुख विपक्षी दलहरूले सरकारको नेतृत्व गर्न राष्ट्रपतिले गरेको आह्वानलाई अस्वीकार गरेपछि २२५ सदस्यीय संसदमा एक सिटमात्र रहेको युनाइटेड नेसनल पार्टी (यूपीए)का ७३ वर्षीय विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् । यस पटक प्रधानमन्त्री बनेका विक्रमासिंघेले हाल सम्म कुनै पनि कार्यकाल पुरा समाल्न पाएका छैनन् ।

सम्बन्धित शिर्षकहरु