एजेन्सी-रुस र युक्रेन युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। युक्रेनका कयौं संरचना र उद्योगधन्दाहरुमा ठुलो क्षति पुगेको छ। युद्धकै कारण अहिले सम्पूर्ण कलकारखानाहरु ठप्प छन । युद्धको कारण अहिले युक्रेनका अधिकांश जनताहरुले देश छोडेर बाहिरिनु परेको छ। युद्धको कारण अहिले युक्रेनको सम्पूर्ण ब्यापार बन्द छ। त्यहाँका प्रमुख सडकहरु, मुख्य भवनहरु, उद्योगहरु र कलकारखानाहरुमा ठुलो क्षति पुगेको छ।
त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले बताएको छ।
विश्व बैंकले युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ।
बीबीसीका संवाददात जोनाथन जोसेफ भन्छन्, “युक्रेनको अधिकांश काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेका छन्।” युद्धको प्रत्यक्ष असर अन्यत्र पनि परेको छ। बिश्वभर नै अहिले खाद्यान्नको मुल्य अत्यधिक वृद्धि भएको छ।
युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको छ। यहि अभावका कारण अहिले युक्रेनक्क अर्थतन्त्र खस्किदो क्रममा छ । रुस-युक्रेनको युद्धले विश्वभरि नै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ।
त्यस्तै अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व ब्याङ्कले बताएको छ। साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ।








