एजेन्सी- स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् ।राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार उनलाई पद तथा गोपनीयताको सपथ गराए । यसअघि चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघेले आफ्नो पाँचौँ कार्यकालमा धराशायी बनेको मुलुकको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको छ । आर्थिक संकटको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि सोमबार महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । प्रमुख विपक्षी दलहरूले सरकारको नेतृत्व गर्न राष्ट्रपतिले गरेको आह्वानलाई अस्वीकार गरेपछि २२५ सदस्यीय संसदमा एक सिटमात्र रहेको युनाइटेड नेसनल पार्टी (यूपीए)का ७३ वर्षीय विक्रमासिंघे प्रधानमन्त्री बनेका हुन् । यस पटक प्रधानमन्त्री बनेका विक्रमासिंघेले हाल सम्म कुनै पनि कार्यकाल पुरा समाल्न पाएका छैनन् ।
सम्बन्धित शिर्षकहरु
रुसी इन्धन अब पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव
एजेन्सी- युरोपियन युनियन (ईयू)ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । यूरोपियन कमिसनका […]
श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइयो
एजेन्सी-ईश्वर निन्दाको आरोपमा श्रीलंकनलाई मार्ने ६ जना पाकिस्तानीलाई मृत्युदण्डको सजाय हुने भएको छ। द डनका […]
विश्वभरमै सबैभन्दा वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा मृत्यु
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ। विश्वभरमै […]
युद्धको कारण युक्रेनको अर्थतन्त्र खस्किदो क्रममा
एजेन्सी-रुस र युक्रेन युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व बैंकले […]
रसिया र युक्रेन युद्धको आज ५० औं दिन,रसियालाई रोक्न सकेको भन्दै युक्रेनी नागरिकहरुलाई रास्ट्रपति जेलेनस्कीको बधाई
रसिया युक्रेन युद्धको आज ५० औं दिन पुगेको छ । निकै साहस र आत्मबलका साथमा रसियालाई रोक्न सकेको भन्दै […]
रूससँग वार्ता गर्नका निम्ति युक्रेनी राष्ट्रपतिका छ सर्त…
रुस-युक्रेन युद्धको पछिल्लो समय बिश्व भरि सनसनी पूर्ण खबर छ। यतिबेला युक्रेनका राष्ट्रपति वार्ता गर्न […]


