रूससँग वार्ता गर्नका निम्ति युक्रेनी राष्ट्रपतिका छ सर्त…

रुस-युक्रेन युद्धको पछिल्लो समय बिश्व भरि सनसनी पूर्ण खबर छ। यतिबेला युक्रेनका राष्ट्रपति वार्ता गर्न तयारीमा रहेको बताएका छन। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि छ मुख्य सर्त अगाडि सारेका छन्। उनले त्यसलाई युक्रेनको उच्च प्राथमिकता सूचीमा रहेका छ विषय भन्ने गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । जेलेन्स्कीले बिहीबार राष्ट्रका नाममा सम्वोधन गर्दै भने, ‘रूससँगको शान्ति वार्ताका बेला सम्वोधन हुनुपर्ने मेरा प्राथमिकता छ विषय छन् ।’भनेर जानकारी गराएका छन।उनका अनुसार रूसको युद्धको अन्त्य हुनुपर्ने कुरालाई युक्रेनले पहिलो शर्तका रूपमा राख्नेछ । त्यसैगरी सुरक्षाको सुनिश्चितता, स्वाधिनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने कुरालाई पनि उनले प्रमुख शर्तको रूपमा अग्र स्थानमा राखेका छन् ।

सम्बन्धित शिर्षकहरु