श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइयो

एजेन्सी-ईश्वर निन्दाको आरोपमा श्रीलंकनलाई मार्ने ६ जना पाकिस्तानीलाई मृत्युदण्डको सजाय हुने भएको छ। द डनका अनुसार सोमबार एन्टिटेरोरिज्म कोर्टले उक्त हत्यामा संलग्न ९ जनालाई जन्मकैदको सजाय तोकेको छ। गत मंसिरमा पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो।

पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो । दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए ।

आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर  कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ । उनको शव जलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए ।

सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती  निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् । अलजजिरा टेलिभिजनका अनुसार सन् १९९० यता पाकिस्तानमा इशनिन्दाको आरोपमा ८२ जनाको हत्या भएको छ। केही समयअघि एक जना श्रीलंकन नागरिकलाई ईश्वरको निन्दा आरोपमा कुटीकुटी हत्या गरेर जलाइएको थियो।

सम्बन्धित शिर्षकहरु