विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी एक जापानी महिलाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ। विश्वभरमै सबैभन्दा वृद्ध व्यक्तिको ११९ वर्षको उमेरमा मृत्यु भएको छ । काने तानाका सन् १९०३ मा जन्मिएकी थिइन्। जोर्ज ओर्वेलको जन्म पनि त्यही वर्ष भएको थियो। त्यतिबेला जापान शक्तिराष्ट्रका रूप बन्ने क्रममा थियो।
उनको विवाह १०० वर्षअघि भएको थियो। उनका चार सन्तान थिए।
केही वर्षदेखि उनी एउटा स्याहारगृहमा बस्थिन्। उनलाई बोर्ड गेम र चकलेट असाध्यै मन पर्थ्यो।
उनको मृत्यु भएपछि फ्रान्सकी एक इसाई संन्यासिनी सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। उनी अहिले ११८ वर्षकी भइन्।
ताना नौ सन्तान मध्ये सातौं सन्तान थिइन। तानाकाका आमाबुवाका नौ सन्तान थिए। तीमध्ये उनी सातौँ थिइन्। उनको विवाह १९ वर्षको उमेरमा भयो। उनले जिवनको कालखण्डमा चाउचाउ पसल सञ्चालन सहित अन्य विभिन्न व्यवसाय गरिन्।
बिहे हुनुअघि उनले आफ्ना पतिलाई कहिल्यै भेटेकी थिइनन्। उनका पति सन् १९३७ मा भएको चीन-जापान युद्धमा सहभागी भएका थिए। द्वितीय विश्वयुद्धमा जापानी सेनाबाट लडेका उनीहरूका छोरालाई सोभियत सङ्घले बन्दी बनाएको थियो।
तानाका टोक्यो ओलिम्पिक्सको बेला मसाल र्यालीमा सहभागी हुने योजना बनेको थियो। तर कोभिड महामारीका कारण उनी त्यसमा सहभागी हुन सकिनन्।
गुलियो कुरा असाध्य मन पराउने तानाका स्याहारगृहमा बिहान सबेरै उठ्ने गर्थिन्। गणित र कलात्मक हस्तलिपिमा उनी समय व्यतीत गर्थिन्।
२०१९ मा विश्वकै सर्वाधिक उमेरको व्यक्तिका रूपमा उनलाई प्रमाणित गर्न आयोजित कार्यक्रममा सहभागी हुँदा उनी धेरै प्रसन्न देखिन्थिन्। हाल सम्म विश्वमा सबैभन्दा बढी समय जीवित रहने उपाधि एक फ्रान्सेली महिलाको छ। सन् १९९७ मा मृत्यु हुँदा उनको उमेर १२२ वर्ष १६४ दिन थियो।








