अष्ट्रेलिया सरकारका उपप्रधानमन्त्री बार्नवी जोयशलाई २०० डलर जरिवाना

सिड्नी । कोरोनाबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) को नियम मिचेका अष्ट्रेलिया सरकारका उपप्रधानमन्त्री बार्नवी जोयश सरकारले तोकेको जनस्वास्थ्य आदेश (पब्लिक हेल्थ अर्डर) बमोजिम २०० डलर जरिवानामा परेका छन् ।
सोमवार विहान न्यू साउथ वेल्स राज्यको आर्मेडेलस्थित एक पेट्रोल स्टेशनमा मास्क नलगाई उपप्रधानमन्त्री जोयश पुगेका थिए । स्थानीयले नजिकको प्रहरी कार्यालय न्यू इंग्लैण्ड पुलिस डिष्ट्रीक्टलाई खवर गरे ।

तस्वीर स्रोत ः एबिसी डट नेट डट एयु

उप–प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक स्थलमा सरकारको आदेशको उल्लङ्घन गरेको पाइएकाले प्रहरीले तत्काल २०० डलर जरिवाना गरेको डेपुटी पुलिस कमिसनर ग्यारी वोरब्वाईजले जनाएका छन् । ग्यारीका अनुसार प्रहरी समक्ष उपप्रधानमन्त्री जोयशले राम्रो र सहयोगी ब्यवहार देखाएका थिए ।
सोमवार साँझ स्काई न्यूजसँग कुरा गर्दै जोयसले भनेका छन् , म एयरपोर्ट जाँदै थिएँ, मेरो पाटनर (प्रेमिका) भिक्की क्याम्पियनको कारमा इन्धन भर्नु थियो, त्यसैले काल्टेक्स सर्भिस स्टेशनमा तेल भरेर पैसा तिर्न ३० सेकेन्ड मात्र छिरेको मात्र थिएँ, २०० डलर जरिवाना लाग्यो । ‘’तर केही छैन, दयाट्स लाईफ ‘ त्यही नै जीवन’ हो ।
सन् २०१८ मा विविध आरोपका कारण पदवाट राजीनामा दिएका जोयश हालैमात्र उपप्रधानमन्त्री पदमा पुन ः नियुक्ति पाएका थिए । यसअघि बन्दाबन्दीको नियम उल्लङ्घन गरी प्रेमिकासँग अङ्गालो मार्दा ब्रिटिश मन्त्रीले पद गुमाएको समाचार विश्वव्यापी रुपमा फैलिएको थियो ।

सम्बन्धित शिर्षकहरु