असनेपालन्युज ,सन्जीव अर्याल !
कवि तथा गीतकार महेश्वर शर्माको रचनामा रहेको गीत “मुटु भरी देश बोकी”सार्रबजनिक भएको छ। कविता र गीतमा कलम चलाउंदै आएका शर्माको यो पहिलो गीत हो।रुपन्देहीको देवदहमा स्थाईरुपमा बसोबासगर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन। नेपाली साहित्यमा कलम चलाउंदै आएका शर्माको यस अघि कविता संग्रह “प्रवासका जूनहरु ” प्रकाशित भएको थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय सदस्य तथा अनेसास न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष समेत रहेका शर्माले डायस्पोरिक साहित्यमा आफ्नो बलियो स्थान बनाएक छन। राष्ट्र प्रति समर्पित सो गीतमा नेपाली सांगीतिक क्षेत्रका उज्जवल नक्षेत्र ,धेरैका प्रेरणाका स्रोत,सुमधुर स्वरका धनि गायक रामकृष्ण ढकाल तथा चर्चित गायीका मेलीना राईको स्वर रहेको छ भने थूप्रै चर्चितगीतहरुका सर्जक नेपाली सांगीतिक आकाशमा एउटा ओजस्वि नाम बनाएका संगीतकार आनन्द राईको संगीत रहेको छ। यसैगरि संगीत संयोजन महाराज थापाको रहेको छ। साथै मिक्सिङ्ग साजन शाह(स्टुडियो एपलस् अनामनगर काठमाण्डौ) मा भएको हो।
सो गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा,सम्पादन वकास दाहाल,छायङ्कन राज पोखरेल तथा दिपेन्द्र भट्टको रहेको छ।
सो गीतको म्युजिक भिडीयोमा रचनाकार महेश्वर शर्मा ,गायक रामकृष्ण ढकाल,गायीका मेलिना राई,संगीतकार आनन्द राई तथा सोनम पाण्डे शर्मा,कृष्ण शर्मालाई समेत देख्न सकिने छ भने कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको अभिनय रहेको छ।
रचनाकार शर्माले सो गीतमा आफ्नो देश नेपाल स्वर्गभन्दा प्यारोहुने साथै भगवान गौतम बुद्धको देश नेपाल भनेर सुन्दर रचना गरेकाछन। कवि तथा गीतकार शर्माले सो गीत देश नेपाल तथा आफ्ना बुबा नरेन्द्र प्रसाद शर्मा र आमा सरस्वती शर्मा प्रति समर्पित गरेका छन। कवि तथा गीतकार शर्मा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय देखिन्छन्। रुपन्देहीको देवदहमा रहेको अनुराग साहित्य समाज देवदह रुपन्देहीको अक्षयकोष स्थापनाको लागि शर्माले देवदह निवासी आफ्नो बुबा नरेन्द्र प्रसाद शर्माको सम्मानमा एक लाख, एघार हजार, एक सय, एघार रुपैयाको अक्षयकोष स्थापनाको निम्ती सहयोग गरेका छन्। शर्मा विभिन्न साहित्यिक पुरस्कारहरुबाट पनि सम्मानित भएका छन । २५४९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको उपलक्ष्यमा “लुम्बिनी विकास कोष” को आयोजनामा रुपन्देही जिल्ला व्यापी क्याम्पसस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हांसिल गरि तत्कालिन मन्त्रिमण्डलका उपाध्यक्ष किर्तिनिधी विष्ट द्वारा पाँच हजार रुपैंयाको राशि तथा प्रमाण पत्रले उनी २०६२ जेष्ठ ९ गते पुरस्कृत भएका थिए भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,न्यू साउथ वेल्स अष्ट्रेलिया द्वारा आयोजित अष्ट्रेलियाव्यापी “कविता महोत्सव सन २०१५” मा प्रतियोगी कविता तर्फ प्रथम
स्वतन्त्र विद्यार्थि युनियन लुम्बिनी वाणिज्य क्याम्पस रुपन्देही बुटवल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम (वि.स. २०६२)युवा रेडक्रस सर्कल राममणि बहुमुखि क्याम्पस मणिग्राम रुपन्देही द्वारा आयोजित अन्तर क्याम्पस स्तरीय कविता प्रतियोगितामा दोस्रो स्थान (वि. स. २०६२), सोहि वर्ष २०६२ स्वतन्त्र विद्यार्थि युनियन लुम्बिनी वाणिज्य क्याम्पस बुटवल द्वारा आयोजित कविता प्रतियोगिता र वक्तित्वकला प्रतियोगितामा दोस्रो स्थान,२०६० मा केरवानी उच्च माध्यामिक विद्यालय देवदह रुपन्देहीको स्वर्ण जयन्ती समारोह को अवसरमा आयोजित कविता प्रतियोगितामा तेस्रो स्थान लगायतका विभिन्न पुरस्कार बाट पुरस्कृत भएका छन।
हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका शर्मा असनेपालन्यूज विश्व शान्ति अध्यात्म बिज्ञान समाजका सचिव तथा विभिन्न सामाजिक संघ-संस्थामा समेत आबद्ध रहेका छन।







