आदिकवि भानुभक्त आचार्यको २०३आैँ जन्म जयन्तिको अवसरमा अष्ट्रेलियामा “काव्य साँझ हुने”

महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,आदिकवि भानुभक्त आचार्यको २०३ आैँ जन्म जयन्तिको अवसरमा एन आर एन अष्ट्रेलिया क्विन्स्ल्यान्ड र 4 EB एफ एम ९८.१ ले आफ्नो रेडियो प्रशारणको १० वर्ष पुरा गरेको उपलक्ष्यमा क्विन्स्ल्यान्डमा एक साहित्यिक कार्यक्रम “काव्य साँझ “गर्ने भएको छ। ९ जुलाई २०१६ शनिबार दिउसो ३:३० देखि साँझ ६:३० बजे सम्म हुने सो कार्यक्रममा प्रमुख अतीथी मदन पुरस्कार विजेता,समकालिन नेपाली साहित्यका सर्वप्रिय युवा आख्यानकार अमर न्यौपाने हुनुहुनेछ। साथै सो कार्यक्रममा सिर्जना वाचन,आदि कवि भानुभक्त आचार्यको चर्चा,अमर न्यौपाने सँग पाठक अन्तर्क्रिया र साथमा केहि उत्कृष्ट नृत्यहरु पनि हुने जनाईएको छ।

सम्बन्धित शिर्षकहरु