स्वीकार
आगो देऊ,वा अंगार
बगर देऊ वा जंघार
समिप देऊ वा दूरता
प्रेम देऊ वा क्रूरता
फुल देऊ वा पत्थर
तालि देऊ वा बदनाम्
ए दुनियां, खुट्टा तान वा
हात! सबै स्वीकार छ । तान्ने
केवल चिहान सम्म त हो ।
त्यस पछिको यात्रामा
जब हामि भित्रको ‘तं ‘
र ‘म’ को
एकाकार हुनेछ,
तब यि सबै
कच्चा खेल लाग्ने छ,
जीवन त अवसरहरुको मेल लाग्ने छ ।
अझ जीउंदैमा जब “बोध’ जाग्ने छ
तब ‘भोक्ता’ हैन ‘द्रष्टा” बनिने छ
पाण्डव र कौरव हैन
केवल ‘वितरागी’ ,युद्दको
निष्पक्ष साक्षि
“बार्बरीक ‘ बनिने छ
जीवनका हर विरोधाभाषहरु ,
हर्ष र विष्मयका कारक हैनन्
केवल आनन्दै -आनन्द लाग्ने छ।।
~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )








