महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजना तथा हिमालयन रेडियोको सहकार्यमा सिड्नीमा “२०६ औँ भानु जयन्ती विशेष कार्यक्रम”सम्पन्न भएको छ। हिमालयन रेडियोको प्राङ्गडमा आयोजाना गरिएको सो कार्यक्रममा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी तथा अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटा (आचार्य राजन शर्मा) लाई अनेसास न्यूसाउथवेल्सका अध्यक्ष महेश्वर शर्माले खादा लगाई स्वागत गरेका थिए भने सबै साहित्यअनुरागिहरुको परिचय पश्चात कार्यक्रमको प्रारम्भ गरिएको थियो। 
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
आदिकवि भानुभक्त आचार्यका यी पङ्ति धेरै चर्चित छन।
प्रश्नोत्तर, भक्तलाला,बधूशिक्षा,रामायण यी उहांका चर्चित कृतिहरु हुन।वि .सं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यले रामायणलाई सबैले बुझ्ने नेपाली भाषामा रचना गरेका हुन।
लक्ष्मी निवन्ध संग्रहमा भानुभक्तलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि साहित्यका सर्वश्रेष्ठ पुरुष भनेको साथै उहाँ राष्ट्रको हृदयमा सबैभन्दा तिब्रभएर बस्ने कवि समेत रहेको वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले आदिकवि भानुभक्तको बारेमा चर्चा गर्दै सो कार्यक्रममा बताउनुभयो।
यसैगरि अनेसास केन्द्रका उपाध्यक्ष भीमसेन सापकोटाले आदिकवि भानभक्त आचार्यको कृतिलाई प्रकाशनमा ल्याउनको निम्ती मोतिराम भट्टको भुमिका सम्झंदै पृथ्यी नारायण शाहाले बाहुवलबाट देशको एकिकरण गरेजस्तै आदिकवि भानुभक्त आचार्यले कलमको वलबाट नेपाली भाषा र साहित्यको एकिकरण गर्नुभएको उल्लेख गर्नुभयो। भानुभक्तका कृतिलाई संरक्षण गर्दै उहां जन्मेको ठाउंलाई बचाई राख्ने दायित्व हाम्रो पुस्ताको कांधमा आएको सापकोटाले बताउनुभयो। साथै उहांले सुन्दर कविता वाचन गर्नुभएको थियो।
भानुको नाममा विश्वभर विभिन्न कार्यक्रमहरु गरिन्छ,भानुजयन्ती मनाईन्छ भानुको बारेमा चर्चा गरिन्छ,कविता वाचन गरिन्छ, तर के साँचो अर्थमा आदिकवि भानुभक्त आचार्यलाई हाम्रो पुस्ताले सम्झन सकेको छ त? आजको पुस्ताले अब गम्भिर भएर सोँच्नेबेला आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माले सो कार्यक्रममा बताए। साथै उनले अग्रज साहित्यकारहरुका कृतिलाई संरक्षण गर्नेुपर्नेमा जोड दिए। उनले आफ्नो कविता संग्रह प्रवासका जूनहरूबाट “सम्बन्ध” शीर्षकको कविता तथा कवि डा. नवराज लम्सालको कविता संग्रह “क्रमश: एक्लै एक्लै”बाट “कविताको घोषणा-पत्र” शीर्षकबाट केही पङ्ती कविता वाचन गरेका थिए।
सो कार्यक्रममा शान्ता सिटौलाले कविता तथा गजल वाचन गरेकी थिईन भने विशालले सुन्दर कविता तथा दमदार गजल वाचन गरेका थिए। यसैगरि गायिका तुल्सा पाण्डे तथा अनेसास न्यूसाउथवेल्सका सचिव प्रविन टन्डनले प्रत्यक्ष लोकदोहोरी टुक्का प्रस्तुत गर्दा सो कार्यक्रम अझ रोचक बन्यो भने तुल्सा पाण्डेले गजल तथा प्रविन टन्डनले कविता पनि वाचन गरेका थिए।सोहि कार्यक्रममा केदार शर्माले मिठो गीत गाएका थिए। सोहि अवसरमा नेपालबाट आएकी लिला शर्मालाई अनेसास एनएसडब्लुका अध्यक्ष महेश्वर शर्माले खादा लगाई स्वागत गरेका थिए।
सो कार्यक्रमलाई सफलबनाउन ठूलोभुमिका निर्वाह गरेका हिमालयन रेडियोका प्रमुख टिका कार्किलाई अनेसास एनएसडब्लुका अध्यक्ष महेश्वर शर्माले आभार प्रकट गर्दै धन्यबाद दिएका थिए। साथै हिमालयन रेडियोका सहकर्मि रामाकान्त न्यौपाने तथा स्रिया राईलाई पनि धन्यबाद दिए। कार्यक्रम हिजो सोमबार साँझ ६ बजेबाट हिमालयन रेडियोको प्राङ्गड १४२ एडिसन रोड म्यारिकभिलमा सम्पन्न भएको थियो।

सोहि कार्यक्रमका केहि तस्बिरहरु:







