विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना ,असनेपालन्यूजको प्रस्तुति तथा सहयोगि हातहरुको समुह ,को संयुक्त आयोजनामा मेलवर्नमा राष्ट्र, राष्ट्रियता र सकारत्मक जीवन सम्बन्धी एक विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीको प्रमुख अातिथ्यमा सम्पन्न उक्त उत्प्रेरणात्क कार्यक्रममा प्रमुख ४ वक्ताहरूको विशेष प्रस्तुतीको साथमा सो कार्यक्रम सम्पन्न भएको हो।
सो अवशरमा मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधीश खिलराज रेग्मीले अब देश विकासको निम्ती सबै नेपालीहरु जुट्नुपर्नेमा जोड दिनुभयो। सकारात्मक अभियानका लागी विश्वभरका नेपालीहरू एक भएर उठ्न सकिने र विदेशमा रहेका नेपालीहरूको शक्ति र उर्जा नेपालको ठुलो सम्पति रहेको बताउनुभयो ।अरुलाई दोष लगाउनु भन्दा पनि आ-आफ्नो क्षेत्रबाट सबैको प्रयासबाटै देश बन्नेमा जोड दिनुभयो ।

प्रख्यात संचारकर्मि प्रेम बानियाले नेपालीको आधा जीवन लाईनमै बसेर बिताउनु परेको बिडम्बनाको बारेमा बताउनुभयो। परदेशमा रहेका लाखौं नेपालीहरु आफ्नो स्वाभिमान सहित बाँचेका छन यो स्वभिमानलाई बचाई राख्नुपर्ने साथै देशको उन्नतीको निम्ती सबै आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोडदिनुभयो । उहांको सम्बोधनको सानो अंश हेर्न तलको लिंकमा क्लिक गर्नुहोला। https://www.facebook.com/Ausnepalnews2/videos/1664584776913656/
Ausnepalnewsさんの投稿 2018年2月17日(土)
विश्व शान्ति परिषदका शान्ति दूत तथा फिजीका लागि नेपाली सांस्कृतिक राजदूत आचार्य राजन शर्मा भीमसेन सापकोटाले संसारमा जहाँ गएपनि हामी कसरी बसेका छाैँ भन्दा हामी कसरी कुन परिस्थितीमा बसेका छाैँ र कसरी अगाडि बढेका छाैँ भन्ने कुराले महत्व राख्छ । तसर्थ सबैले सोंचलाई परिवर्तन गरेर अाजैबाट जिवनमा एउटा नयाँपन दिन सकिन्छ भन्दै विभिन्न प्रयोगात्मक प्रस्तुतिका साथ अाफ्नो उ्जाशील उत्प्रेरक भनाई राख्नुभएको थियो ।गडगडाहट र हाँसोका फोहोराबीच अगाडी बढेको उहाँको उत्प्रेरणात्मक अभिव्यक्ति सबैका लागी रोचक र सकारात्मक तरङ्ग ल्याउने बनेको थियो। उहांको सम्बोधनको सानो अंश हेर्न तलको लिंकमा क्लिक गर्नुहोला
Ausnepalnewsさんの投稿 2018年2月17日(土)
Ausnepalnewsさんの投稿 2018年2月17日(土)
नागरिक समुहका अध्यक्ष निगम हुमागाईंले सो कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो देशको सम्वृद्धिको निम्ती हामी सबै एकजुट हुनु पर्ने साथै कुनै पनि पार्टि ,जाती,धर्म,भन्दा माथि उठेर देशको निम्ती सोंच्नु पर्ने बताउनुभयो ।
उहांको सम्बोधनको सानो अंश हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।
Ausnepalnewsさんの投稿 2018年2月17日(土)
सो कार्यक्रममा गोल्डेन रोएका वालबालिकाहरुले नृत्य देखाएका थिए भने बालचौतारी प्रेस्टनका स-साना नानिहरुले देशप्रति समर्पित गितमा नृत्य गरेका थिए। मेलवर्नको नेपाली समुदायमा योगदान पुर्याउने नेपाली समुदायका अगुवा जोग लिम्बुलाई सो कार्यक्रममा सम्मान गरिएको थियो। विशेष अतिथी समेत रहेका भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योञ्जनले नेपाली समुदायको तर्फबाट सम्बोधन गर्नुभएको थियो । १८ फेब्रुअरी २०१८ आईतबार सम्पन्न सो कार्यक्रम मेलवर्न स्थित साइप्रस कम्युनिटी सेन्टरमा भएको थियो।
सो कार्यक्रम संचारकर्मि महेश्वर शर्माले संचालन गर्नुभएको थियो भने सहयोगि हातहरुको समुहको अध्यक्ष कृष्ण प्रसाद न्यौपाने सो कार्यक्रमका सभाअध्यक्ष हुनुहुन्थ्यौ।








