अष्ट्रेलियाका बहुसांस्कृतिक मन्त्रीले लगाए टिका जमारा , दिए दशैंको उत्प्रेरित सन्देश

अस्नेपालन्युज ,सिड्नी । निरज मिश्र ।

-नेपालीहरुको महान चाड विजया दशमिमा अश्ट्रेलियाका एक बहुसांन्कृतिक मन्त्रीले नेपाली गुरुको हात बाट टिका जमारा र आशिर्वाद ग्रहण गर्दै सम्पूर्ण समुदायलाई शुभकामना दिएका छन्। ‘स्याडो मल्टिकल्चर मिन्स्टर मार्क जोसेफ कुरेले नेपाली समुदायको विच रहेर नेपाली पर्व र परम्पराको सम्मान गरेका हुन्। सिड्नीको पेन्ससमा आयोजित एक समुदायको दशै भेलामा नेपाली अध्यात्मिक गुरु आचार्य राजन शर्माको हात बाट टिका ग्रहण गर्दै एकता र सांन्स्कृतिक परम्परा जोगाउंन यस्ता नेपाली पर्व अब अष्ट्रेलियाको बहु-साँस्कृतिक अयाम बनेको बताउंनु भयो । अष्ट्रेलियामा नेपाली समुदायको साख एकदमै साकारात्मक र उच्चकोटिको रहेको उल्लेख गर्दै उहांले नेपाली दशैं र अन्य पर्वले अब अष्ट्रेलियाली समाज र सरकारको सुन्दर साँस्कृ

 

तिक परिचय बनिसकेको बताउंनु भयो ।
सो अवसरमा समुदायका अध्यात्मिक गुरु , योगी आचार्य शर्माले नेपाली एकता र परम्पराले विश्वमा नेपालको पहिचान , प्राकृतिक जीवनशैलि र अध्यात्मिक सचेतता बढाएको बताउंदै यो साधनामाया पर्व भएकाले , यो समयमा उपवास , शक्ति जागरण , चक्र साधना गर्दै शारदीय दशैंको लाभ लिनु पर्ने बताउंनु भयो । यस्तै नेपाली समुदायको तर्फ बाट पेन्सस नेपाली समुदायका अध्यक्ष लक्ष्मण श्रेष्ठले समुदायको एकता र आत्मियतालाई जोड्न दशैंको विषिष्ट योगदान रहेको उल्लेख गर्नुभयो । यस्तै अनेसास्स न्यु साउथ वेल्सका अध्यक्ष डा प्रकास पौडेलले नेपाली समाज प्रति अष्ट्रेलियाली सरकारले देखाएको सदासयता प्रसंसानीय रहेको बताउंनु भयो । समुदायका विभिन्न प्रतिनिधिहरुको उपस्तिथिमा मनाईएको सो दशैं पर्व आत्मियता एकता र शुभकामना आदान प्रदानले उल्लासमाया बनेको थियो ।

सम्बन्धित शिर्षकहरु