ओलम्पिक टर्च रिलेमा अष्ट्रेलियाबाट नेपाली किशोरी छानिईन्

मेलबर्न । आगामी ओलम्पिक खेलको लागि हुने टर्च रिलेमा अष्ट्रेलियाबाट नेपाली किशोरी छनोट भएकी छिन् । १३ वर्षिया दिक्षा रावल ओलम्पिक टर्च रिलेको लागि छानिएकी हुन् । ओलम्पिक रिलेको लागि दिक्षासंगै क्यानबेराका वैज्ञानिक अनुसन्धानकर्ता ह्याले टेस्दाले, सिड्नीका व्यवसायी जोन विनिंग र सामुदायिक नेता डेविड डोर्सेट लिन अष्ट्रेलियाको प्रतिनिधिको रुपमा छानीएका छन् ।

दिक्षा नेपालमा गएको महाभूकम्पमा दिक्षा नेपालमै थिइन् । उनका बुवा यज्ञ रावल भने त्यतिबेला अष्ट्रेलियामा थिए । भूकम्पको केही समयपछि नै दिक्षाका बुवा नेपाल आए। भुकम्पको त्रासले दिक्षा नेपालमा बस्न चाहेकी थिइनन्। जसले गर्दा दिक्षाका बुवाले भिसा मिलाए र एक वर्ष अगाडी देखिउनीहरु सपरिवार अष्ट्रेलियामा बस्न थालेका छन् ।

अष्ट्रेलिया पुगेर गस्फोर्डमा बस्न थालेको रावल परिवारले परिवारको आर्थिक स्थिति धान्न संघर्ष गर्न थाल्यो । दिक्षा स्थानीय स्कुलमा भर्ना भइन् र निकै मेहनत गर्न थालिन् । नौलो ठाउँमा आएर पनि कडा मेहनतका साथ स्कुलमा धेरै राम्रो प्रगति गर्न थालेपछि उनीबाट सबै प्रभावित हुन थाले । स्कुलमा गरेको त्यो मेहनत, स्कुलका विभिन्न गतिविधिमा दिक्षाको सहभागिताले नै उनलाई ओलम्पिक टर्च रिलेको लागि छानियो ।

सम्बन्धित शिर्षकहरु