काठमाडौं । डोनाल्ड ट्रम्प शुक्रबार अमेरिकाको ४५ औं राष्ट्रपति बनेका छन् । अमेरिकाको ४५ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण समारोहका लगि अमेरिकी संसद बाहिर एक भव्य समारोह अयोजना गरिएको बीबीसीले जनाएका छ ।
अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधीश जस्टीस जन रोबर्ट्सले ट्रम्प लाई शपथ दिलाएका थिए ।
त्यसपछि उनले देशवासीका नाममा संबोधन गरेका थिए । शपथ लिएपछि बोल्दै ट्रम्पले बढ्दो फ्याक्टरी बन्द हुने क्रम, बढ्दो अपराध, असफल शिक्षा प्रणाली का कारण विभाजित देशको नाजुक अवस्था औंल्याउदै देशमा परिवर्तन सुरु भएको घोषणा गरेका छन्।
यो अमेकिी नरसंहार अब यहीँबाट तत्काल अन्त्य हुन्छ , ट्रम्पले भने ।
रियल स्टेट कारोबारीबाट राष्ट्रपति बनेका ट्रम्पको सपथ ग्रहण समारोहमा १० लाख बढी सहभागी भएका थिए ।
यो सपथसंगै उनले ४५ औं राष्ट्रपतिका आधिकारिक कारवाहीहरुमा हस्ताक्षर गरेका थिए ।
उनले आफ्नो क्याबिनेटका लागि नोमिनेट गरेका मन्त्रीहरूलाई सिनेटमा पठाएक थिए ।
उनले ओबामाले ल्याएको स्वस्थ्य सुरक्षा कानुनको भार संघिय राज्यहरूमा कम गर्न कार्यकरी आदेश जारि गरेका थिए ।
साथै उनले अवकास प्राप्त सैनिक जेनेरल जेम्स मटिसलाई रक्षामन्त्री बनाउन कानुनी बाटो खुलउने कानुमा हस्ताक्षर गरे ।
ह्वाइट हाउसको वेबसाइटमा यस अघिका राष्ट्रपतिका नीतिहरूलाई हटाएर आफ्नो नीति राखेका थिए । उनले आफ्ना ६ बिषयहरु उर्जा, विदेशनीति, रोजगार र बृद्धि, सैन्य, ब्यापार सम्झौताहरू उल्लेख गरेका छन् । यस अघिका सिभिल राइट्स, एलजीबीटी राइट्स, जलबयुपविर्त जस्ता बिषयहरु त्यसमा उल्लेख छैनन् ।








