पुष १ । काठमाडौं, नेपाली कांग्रेसले १३ औं महाधिवेशको तयारीका विषयमा बुधबारदेखि केन्द्रीय समितिमा छलफल गदैछ ।
महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको गतिविधि, पार्टीको विधान संशोधन तथा तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण महाधिवेशनलाई पर्न सक्ने असरका बारेमा बैठकमा छलफल हुनेछ ।
तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण पार्टीको स्थानीय तहको अधिवेशन गर्नका साथै नेता कार्यकर्तालाई गाउँ जान कठिनाइ भएको तराईमा रहेको कांग्रेसका नेता कार्यकर्ताले बताउँदै आएका छन् ।








