Ausnepalnews, हाल United Arab Emirates, Saudi Arabia, Qatar, Kuwait, Bahrain र Oman लगायतका खाडी राष्ट्रहरूमा ठूलो संख्यामा नेपालीहरू रोजगारीका लागि कार्यरत छन्। पछिल्लो समय क्षेत्रीय तनाव तथा सुरक्षा अवस्थाबारे विभिन्न समाचार सार्वजनिक भइरहेका बेला त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चासो बढेको छ।
विभिन्न सरोकारवालाहरूले खाडी राष्ट्रमा रहेका नेपाली नागरिकहरूको अवस्था तत्काल बुझ्न, आवश्यक परे सुरक्षित उद्धार (रेस्क्यु) गर्न तथा परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेका छन्।
सरकारले दूतावासमार्फत नियमित सम्पर्क, आपतकालीन हेल्पलाइन सञ्चालन, तथा आवश्यक परे स्वदेश फिर्ता ल्याउने तयारी राख्नुपर्ने सुझाव दिइएको छ।
विदेशमा रहेका नेपालीहरूको सुरक्षा र हित संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएकाले समयमै प्रभावकारी कदम चाल्न सरोकारवालाहरूले आग्रह गरेका छन्। 








