महाधिवेशनको लागि कांग्रेसले आजबाट छलफल थाल्ने

nepali-congressपुष  १ । काठमाडौं, नेपाली कांग्रेसले १३ औं महाधिवेशको तयारीका विषयमा बुधबारदेखि केन्द्रीय समितिमा छलफल गदैछ ।

महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको गतिविधि, पार्टीको विधान संशोधन तथा तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण महाधिवेशनलाई पर्न सक्ने असरका बारेमा बैठकमा छलफल हुनेछ ।

तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण पार्टीको स्थानीय तहको अधिवेशन गर्नका साथै नेता कार्यकर्तालाई गाउँ जान कठिनाइ भएको तराईमा रहेको कांग्रेसका नेता कार्यकर्ताले बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षकहरु