वाथर्ष्टमा कविता, काव्य र दशैं उत्सव

वाथर्ष्टमा कविता, काव्य र दशैं उत्सव ।
असनेपालन्युज वाथर्ष्ट ।
दशैं उत्सव पारेर वाथर्ष्ट नेपाली समुदायले कविता वाचन तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा ख्याति प्राप्त कवि नवराज पराजुलीको विशेष कविता वाचन रहने र साथमा शुभकमना तथा मनोरन्जनका कार्यक्रम हुने आयोजकहरुले बताएका छन्। दशैंको यस कार्यक्रममा सबैको विशेष उपस्थिति रहोस् भनेर कविता वाचनको अलावा अन्य आकर्षणलाई समेत समेटिएको आयोजक मध्येकि एक अर्चना गौतम असनेपालन्युजलाई बताउंनु हुन्छ । नेपाली मौलिक खाना , नाच तथा नवराज पराजुलीको प्रत्यक्ष प्रस्तुति रहने सो कार्यक्रमको थापा जानकारिको लागि निम्न पोस्टरमा उल्लेखित नम्बरहरु मा संपर्क गर्न सकिने छ ।

अक्टोवर १३ , शुक्रवार साँझ ४ बजे रागलान कम्युनिटी हलमा सो कार्यक्रम हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

https://www.facebook.com/100005325195524/videos/6685402634909589/

सम्बन्धित शिर्षकहरु