रमेश अधिकारी/असनेपाल न्युज
असार १९, काठमाडौँ । नेकपा एमालेको नवौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको छ । 
असन्तुष्ट कार्यकर्ता द्वारा नाराबाजी र तोडफोड
यसै बीच नवौं महाधिवेशनको उदघाटन समारोहमा प्रवेश नदिएको भन्दै एमाले कार्यकर्ताहरुले महाधिबेशनको प्रवेशद्वारमा नाराबाजी र तोडफोड गरेका छन् ।

एमाले कार्यकर्ताहरुले महाधिबेशन सफलताको सुभकामना दिन आएका बिजेपी नेता विजय जोलीमाथि आक्रमण प्रयास गरेका छन् । शुभकामना दिएर सभागृहको बाटो हुँदै बाहिर निस्कने क्रममा उनीमाथि बोत्तल प्रहार भएको हो । बोत्तल प्रहारबाट नेता जोली सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । जोलीमाथि बोतल प्रहार भएपछि प्रहरीले एमाले कार्यकर्तामाथि लाठी प्रहार गर्दै पुतलीसडक तथा रत्नपार्कसम्म लखेटेका थिए ।प्रहरीले खेदेर रत्नपर्का पुर्याएपछि कार्यकर्ताले रत्नपार्कमा नाराबाजी बेलुकासम्म जारी राखेका थिए । एमाले कार्यकर्ताको नारबाजीका कारण यातायात सेवा पुर्ण रुपमा प्रभावित बनेको थियो । महाधिबेशन उद्घाटन सत्र ‘हाई-टेक’ बनाउने भनेर पार्टीले दावी गरेको भएता पनि प्रयोगमा ल्याउन लगिएका आधुनिक प्रविधिमा बेला बेलामा समस्या उत्पन्न भएको देखिन्थ्यो








