थाईराइड , कोल्डस्टोर र यूरिक एसिडको घरेलु उपचार

 

~आचार्य राजन शर्मा ।योग , प्राकृतिक चिकित्सा र ध्यान साधक

आहार , विहार र प्रत्याहारको असन्तुलनले नै शरीरमा रोगको जन्म हुन्छ । तर रोग लाग्दैमा दु:खिहुनु पर्दैन । पञ्चतत्वको व्यवस्थापन र नियमित योग ध्यान र प्राणायामले रोगलाई हामि निर्यन्त्रणमा लिन सक्छौं । हामि हाम्रै सोच र व्यवहारकै प्रतिक हौं । रोग आँफैं आउंने होइन हामीले निम्त्याउंने हो । अन्जानको , असमयको र ऋतु विपरितको भोजन । अवेर राति सम्म नसुत्नु र सबेरै नजाग्नु । पसिना आउंने गरि कुनै काम नगर्नु वा शारीरिक गतिशिलता कम हुनु । व्यापारिक र बजारका तयारी भोजन, स्वादका पछि लागेर गरिने भोजन । अरुप्रतिको नकारात्मक धारणा । सकारात्मक चिन्तनको आभाव ले अनेक रोगको जन्म दिन्छ।

थाईराइडको औषधिले युरिकएसिड ,युरिकएसिडको औषधिले कोल्डस्टोर हुने सम्भावना रहन्छ । तसर्थ ‘एलोप्याथि’औषधिमा प्रवेश गर्नु अघि राम्रो संग घरेलु वा प्राकृतिक उपचार गर्नु अत्यावश्यक छ । अनावश्यक थकान ,अनिन्द्रा , छिट्टै मोटाउंने ,अल्छि लाग्ने ,निरासा आउंने ,पटक-पटक रिस उठ्ने आदि थाईराईडका लक्षण हुन्।
प्रकृतिको उपहार यो शरीर प्रकृतिकै नियम बमोजिम चलाऊंन सकियो भने जीवनमा आरोग्यता र आनन्द पाप्त हुन्छ ।

विभिन्न अनुसन्धान , स्वाध्याय , प्रयोग परीक्षण ले थाईराइड , कोल्डस्टोर र उरिकएसिडको उपचार यसरी गर्न सकिने छ :

१ बेलुका कुनै पनि हालतमा ९ बजे सयन कक्षमा जाने र विहान सुर्योदय भन्दा अगाडि नै उठ्ने,विहानै तामाको भांडोमा राखिएको पानी पिंउंने बानि गर्ने
२ हरेक दिन विहान ७ बजे अगाडि नै पसिना आउंनेगरि हिंड्ने , व्यायाम गर्ने । व्यायाममा उत्तम तन , मन र चेतनाका लागि योग आसन गर्ने जसको भिडियो तल दिईएको छ
योगआसनहरु : सर्वाङ्ग आसन , हलासन ,मत्स्यासन ,उष्ट्रासन , मण्डुकासन , धनुरासन , चक्रासन , भुजङ्गासन , चक्रासन , सेतु बन्दासन , मयुरासन , शिर्षासन , नौकासन
३ दुध जन्य पदार्थ नखाने । खानै परे दिउंसो १ बजे अगाडि अति कम मात्र खाने
४ मासुजन्य पदार्थ पदार्थ पटक्कै नखाने। यसको सट्टामा , एभोकाडो , गेडागूडि, हरियो साग , धनीयाको रस , काँक्रो , लौका ,गाजर , हरियो स्याउ , ब्रोकाउलि , राज्मा गहत, मास चनाको दाल आदि सन्तुलित रुपमा सेवन गर्ने ।

The Thyroid (Human Anatomy): Picture, Function, Definition ...५ धुम्रपान र मदिरा पान नगर्ने
६ सेतो चीनी ,सेतो भात, मैदा नखाने
७ चिनी जन्य पेय पदार्थ कोक , सोडा , पेप्सि , बोतलको जुस , ईनर्जी ड्रिङ्क्स नखाने
८ खानामा “फाइबर ‘ जन्य पदार्थ उपभोग गर्ने जस्तो कि जौ , ओट , सुकाईएका बदाम आदि
९ हरेक ४ घण्टामा थोरै खाना खाने
१० हरेक घण्टामा पानी लगातार पिउंने, शरीरको आवश्यकता हेरेर, दैनिक कम्तिमा ३ लिटर
११ समुद्रको साग अर्थात “सीविड ‘ सलाद वा अन्य परिकारमा हालेर खाने
12 नरिवल ,एभोकाडो लगायतका फलको जुस वा सिधै खाने
१३ ६ प्राणायाम :भष्त्रिका , भ्रामरि, अनुलोमबिलोम,मुलबन्ध,कपालभाति, उज्जयि प्राणायाम गर्ने नियमित गर्ने
१४ सांझपख समुद्र , नदी , जङ्गल वा प्रकृति तर्फ विचरण गरि शरीर र मनलाई हलुको पार्ने

१५ .दुबै हातको बुढी औंलाको आधार मांशपेशिमा नियमित दाबाएर अक्युप्रेसर द्वारा स्वास्थ्य लाभ लिने

थाईराइड , कोल्डस्टोर र यूरिक एसिडको घरेलु उपचारका लागि भिडियोमा देखाईएका निम्न योग अभ्यासलाई निम्न भिडियो हेरेर गर्न सकिने छ:

नोट :शरीर अनुसार ब्यक्तिको रोग फरक फरक हुन्छ । तसर्थ आफ्नो रोग परीक्षण गरेर विशेषज्ञको परामर्श पश्चात मात्र यी अभ्यास गर्नुहोला ।प्रतिकृया र जानकारिका लागि संपर्क :

cold storage | The B.L.E.A.H Blog

bhimsensap@gmail.com
~आचार्य राजन शर्मा ( योग , प्राकृतिक चिकित्सा र ध्यान साधक )

सम्बन्धित शिर्षकहरु