एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

examभदौ ३१ । काठमाडौँ, एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार एक लाख २४ हजार १२८ परीक्षार्थी सम्मिलित भएकोमा ८३ हजार ७८ परीक्षार्थी उत्तीर्ण भएका छन् । तीमध्ये छात्र ३८ हजार ३९९ र छात्रा ४४ हजार ६७९ उत्तीर्ण भएका छन् । उत्तीर्ण छात्रको प्रतिशत ६९.३३ र छात्राको ६४.९९ प्रतिशत छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले नियमित र पूरक जोडेर २०७१ सालको एसएलसी परीक्षामा उत्तीर्ण प्रतिशत ६७.९० प्रतिशत पुगेको जानकारी दिए । नियमिततर्फ ४७.५३ प्रतिशत उत्तीर्ण थिए ।

नतिजा यहाँ हेर्नुहोस्।

type SLC <space> SYMBOL-NO. and send sms to 7676.

सम्बन्धित शिर्षकहरु