अनेसास न्यू साउथ वेल्स च्याप्टरको १४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

 अनेसास न्यू साउथ वेल्स च्याप्टरको १४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
Ausnepalnews ,सिड्नी, २२ अप्रिल २०२५

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरले आफ्नो १४औँ स्थापना दिवस सिड्नीमा भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली साहित्यप्रेमीहरू, लेखक, कवि तथा बौद्धिक व्यक्तित्वहरूको व्यापक सहभागितासहित यो साहित्यिक साँझले नेपाली भाषाको सन्देशलाई प्रवासमा अझ सशक्त बनाएको छ।

कार्यक्रममा सिड्नीका प्रमुख साहित्यिक अभियन्ता डा. प्रकाश पौडेलको सभापतित्वमा आयोजना गरियो भने भावना पराजुलीले कुशल रूपमा कार्यक्रम सञ्चालन गर्नुभयो।

कार्यक्रममा अनेसास न्यू साउथ वेल्स च्याप्टरका संस्थापक तथा तत्कालीन अध्यक्ष योगी आचार्य राजन शर्मा (भिमसेन सापकोटा) को स्मरण गरिँदै, १४ वर्षअघि स्थापना गरिएको यो संस्था नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा एक मीलको पत्थर सावित भएको कुरा वक्ताहरूले प्रस्ट पारे।

सहभागी  साहित्यकारहरू:

  • महेश्वर शर्मा, ममता घिमिरे, डा. मधु काफ्ले, महेन्द्र पौडेल,सानु घिमिरे, ममता तिवारी,तथा अन्य राज्यहरू — भिक्टोरिया, क्वीन्सल्याण्ड, पश्चिम अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया लगायतका नेपाली साहित्यकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

  • नेपाली साहित्यलाई अष्ट्रेलियाको विभिन्न पुस्तकालयहरूमा समेट्ने उद्देश्यले नेपाली पुस्तक सङ्ग्रह राख्ने प्रयासको सराहना।

  • प्रवासमा हुर्कँदै गरेका नेपाली सन्तानहरूलाई भाषा र साहित्यको सँगसँगै संस्कारमा जोड्न साहित्यिक कार्यक्रमहरूको भूमिका।

  • अनेसास मार्फत साहित्यिक चेतना, राष्ट्रिय पहिचान र भाषिक विविधता जगेर्ना गर्ने कार्यमा निरन्तरता दिइने प्रतिबद्धता।

कार्यक्रमको अन्त्यमा सबै साहित्यकारहरूलाई सम्मानित गरिँदै आगामी दिनहरूमा अझ सशक्त साहित्यि

क गतिविधिहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरियो।

यो विशेष साँझले प्रवासी नेपालीहरूलाई साहित्यको सेतुमा जोड्न अभूतपूर्व सफलता

 हासिल गरेकोछ।

सम्बन्धित शिर्षकहरु