अष्ट्रेलियाको पशुपति बौद्ध तपोधाममा एनआरएनको ध्यान शिविर र प्रतिमा अनावरण

अष्ट्रेलियाको पशुपति बौद्ध तपोधाममा एनआरएनको ध्यान शिविर र प्रतिमा अनावरण
असनेपालन्युज ,लिन्डहर्ष्ट ।
युवाहरुको एक समुह मध्यरातको कालो पर्दा र डरको पर्खाल तोड्दै चिहानमा पुग्छन्। सुनसान औंसिको रात्रिमा चुपचाप ध्यान । डर माथिको विजय , मानसिक शान्तिको गहिरो उपचार ,शुन्यको सयर र आत्म जागरण । जुन कपालि साधना प्राचिन ॠषिहरुको दुर्लभ अभ्यास अहिले अष्ट्रेलियाको
एक मात्र नेपाली तिर्थ धाम “पशुपति बौद्द तपोधाम तथा विश्व शान्ति आश्रममा जीवन्त बनेको छ । जसलाई नेपाली गुरु योगी आचार्य राजन शर्माले अस्तित्वमा ल्याउंनु भएको छ। गैर आवसिय नेपाली संगठनका तर्फ बाट पुग्नु भएका युवाहरुको साधना मज्जाले जम्यो यसपालीको शिवरात्रीमा । योग , जागरण ध्यान , दिटक्स ,श्मशान ध्यान , डुङ्गा सयर ,एप्पल पिकिङ्ग जस्ता गतिविधि सन्चाल्न भएको सो कार्यक्रममा गणेश मुर्ति अनावरण समेत भएको छ ।
गैर आवसिय नेपाली संघ अष्ट्रेलिया,स्टुडेन्ट सपोर्ट समिति (२०२१- २०२३ ) ले केहि महिना अघि सिड्नीको अबर्नमा योग एबम ध्यान शिविर आयोजना गरेको थियो। उक्त कार्यक्रम बाट सन्कलित केहि रकम बाट समितिले अष्ट्रेलियाकै पहिलो नेपाली मन्दिर, तपोधाम र गौशाला “पशुपति बौद्ध तपोधाम” लिण्डहर्ष्टमा भगवान गणेशको मुर्ति सहयोग गरेका हुन्।

शिवरात्रिको पावन अवसर पारेर समुहको मुख्य आयोजनामा गरिएको सिद्दी गणेश प्रतिमा अनावरण तथा मानसिक स्वास्थ्य जागरण ध्यान कार्यक्रम सम्पन्न भएको संयोजक बद्री बरुवाल बताउंनु हुन्छ ।
सो अवसरमा चिरन तिवारी, अमृत शर्मा र प्रवल समेतले यस्तो पुण्य धामलाई सिद्दी गणेश प्रादान गर्न पाउंदा खुसी लागेको बताउंदै सो पशुपतिन बौद्द तपोधामको व्यवस्थापन समुहको मुक्त कण्ठले प्रसंसागर्नु भयो ।
यस्तै समुदायका अगुवा तथा विध्यार्थी नेता विजय सापकोटा सहिष्णुता ,साधना र सन्स्कारको नमुना बनेको यस स्थान जीवनमा एक पटक पुग्नै पर्ने विश्वकै मानवले गौरव गर्नु पर्ने स्थान रहेको बताउंनुहुन्छ ।
आफ्नोपन र आफ्नो गौरव सजाउंदै नेपाली झण्डा फहराउंने अष्ट्रेलियाकै पहिलो नेपाली मन्दिर, तपोधाम र गौशाला “पशुपति बौद्ध तपोधाम योग तपस्या र साधनाको अलावा विवाहको लागि समेत आकर्षित बन्दै गएको व्यवस्थापक सुरज समुह बताउंनु हुन्छ ।
घोडचडि र डोलि विवाह सँगै कानुनि विवाहको लागि पनि गन्तव्य बन्दै गएको अन्य शहर बाट आएका दर्शनार्थी बताउंछन्। यात्रा त्यहिं गर्नु , जहाँ सांसारिक आशक्त्ति घटोस् ,तत्व ज्ञान बढोस् , मनलाई शान्ति आत्मालाई आनन्द र शरीरलाई आरोग्य र सन्ततिलाई सात्विक सभ्य संस्कार मिलोस् , एन आर एन स्टुडेन्ट सपोर्ट समिति प्रति हार्दिक आभार प्रकट भयो कार्यक्रममा आचार्य राजन शर्मा योगि बाट अवसरमा ।

https://www.facebook.com/reel/422817376910408

May be an image of temple and text

May be an image of 5 people, temple and text

May be an image of temple and textMay be an image of 11 people and temple

सम्बन्धित शिर्षकहरु